- Loading...
चिर्पटले हानेर श्रीमतिको हत्या
- पुनहिल डट कम
- ४ साल अघि
- १४८ पटक पढिएको

मालिका गाउँपािलका, २ रुमका ओमबहादुर दर्जीले (४२)ले आईतवार राती अन्दाजी ९ बजे श्रीमति रिमा दर्जीको टाउकोमा चिर्पटले हानेर हत्या गरेका छन ।
प्रहरीका अनुसार मदिरा सेवनपछि पारिवारिक विवाद हुँदा ओमबहादुरल श्रीमतिको टाउकोमा चिर्पटले प्रहार गर्दा रिमाको घट्नास्थलमै मृत्यु भएको थियो । श्रीमतिको हत्यापछि घरमा एक्लै रहेका ओमबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको तथा मृतकको शव पोष्ट मार्टमकालागी सदरमुकाम स्थित बेनी अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
छोराछोरी छिमेकीको घरमा गएको अवस्थामा घरमा श्रीमान–श्रीमति मात्र रहेको बेला हत्या गरेका थिए । छिमेकीको घरबाट छोराछोरी घरमा फर्कदा आमा मृत अवस्थामा फेला पारेपछि छिमेकीलाई खवर गरेका थिए ।
‘प्रहरीसँगको प्रारम्भीक वयानमा श्रीमति रिमाले अधिक मदिरा सेवनगरी घर झगडा गरिरहने, अभद्र ब्यवहार देखाउने, बाटैमा पल्टने समेतका हर्कत गर्दा विवाद भएको र रिसको आवेगमा चिर्पटले हान्दा मृत्यु भएको भनेको भनेका छन’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘छोराछोरी छिमेकी/आफन्तको घरको घरमा श्रीमानश्रीमती मात्र रहेको अवस्थामा हत्या भएको छ । मदिरा नै मुख्य कारण देखिएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
