FLASH NEWS
  • Loading...

पाँच हजार सात सयभन्दा बढी सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९६ पटक पढिएको
पाँच हजार सात सयभन्दा बढी सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा ५,७४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ।

यो सङ्ख्या सर्वाधिक दैनिक वृद्धि हो। सो अवधिमा देशभरि २०,११८ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४४ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।