FLASH NEWS
  • Loading...

म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा निधन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९० पटक पढिएको
म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा निधन

म्याग्दीका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा निधन भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयुमा भर्ना गरि उहाँको उपचार गरिएको थियो । उहाँमा कोरोना संक्रमण संगै दुबै फोक्सोमा निमोनिया तथा मुगौलाको समेत संक्रमण देखिएको थियो । विरामी भएर पोखरा उपचारको क्रममा पुग्दा उहाँको कोरोना परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।