- Loading...
बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

म्याग्दीमा कोरोनाको जोखिम बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेनी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका थिए । कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका–३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका–५ स्थित रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुषलाई कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले आफै पोखरामा पुगेर पिसीआर परिक्षणको लागि नमुना संकलन गराएका थिए ।
अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा उपचारका लागि पुगेका दुई जनामा कोरोना पुष्टी भएपछि ३८ जनाको स्बाब संकलन गरिएकोमा पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कन्ट्रयाक्ट ट्रेसिङमा परेका स्बास्थ्यकर्मी अस्पतालभित्रै क्वारेन्टाइनमा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा समेत कोराना देखिएको र अस्पतालमा उपचारका लागि आउने व्यक्तिहरुमा समेत संक्रमणको जोखिम बढेको छ । अस्पताल विकास समिितले अति आवश्यक उपचार बाहेक अस्पतालमा नआउन अपिल समेत गरेको छ ।
म्याग्दीमा अहिलेसम्म ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जिल्लाबाटै स्वाब संकलन गरि पठाईएका नमुनाबाट ६८ जना र अन्य बाहिर गएर पीसीआर परिक्षण गराएकाहरुमा कोरोना पुष्टि भएको हो । बेनीको आइसोलेसनमा अहिले १५ जनाले उपचार गराइरहेका छन भने एक जना बच्चा सहितको आमा भएकाले स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा राखिएको छ ।
बेनी अस्पतालमा भर्ना भएका २ विरामीसमेत म्याग्दीमा चार जनामा कोरोना पुष्टी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
