- Loading...
बेनी अस्पतालमा भर्ना भएका २ विरामीसमेत म्याग्दीमा चार जनामा कोरोना पुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- २०८ पटक पढिएको

लक्षणसहित बेनी अस्पतालको इन्डोरमा भर्ना भएका दुई विरामी समेत म्याग्दीमा विहिवार चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बेनी अस्पतालमा केही दिन अघि भर्ना भएका विरामी पर्वतको जललजा गाउपालिका, ३ मल्लाजका ३९ बर्षिय पुरुष र रघुगंगा गाउपालिका,३ स्थित राहुघाट जलविधुत आयोजनामा कार्यरत ४९ बर्षिय भारतिय नागरिकलाई कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयल म्याग्दीले जनाएको छ । पर्वतका संक्रमितलाई पर्वत अस्पताललाई जिम्मा लगाईएको र मृगौला पीडित समेत रहेका राहुघाट हाईड्रोमा कार्यरत भारतिय नागरिकलाई भारत रिफर गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।
त्यसैगरी हालै बाहिरी जिल्लाबाट सरुवा भै आएका नेपाली सेनाको अथुङ्गे ब्यारेकमा कार्यरत भै सेनाकै क्वारेन्टाईनमा रहेका एक सैनिक र भारतबाट आई बेनीको माउण्ट एभरेष्ट क्वारेन्टाईनमा रहेकी मंगला गापा,१ की महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । दुवै जनालाई बेनी खुल्ला मञ्च स्थित आईसोलेसनमा लगिएको श्वास्थ्य कार्यालयले जनाएको छ ।
अस्पतालको बहिरंग विभागमा स्वास्थ्य परिक्षण पछि इन्डोरमा भर्ना भएका विरामीमा कोरोना पुष्टी भएसगै बेनीमा कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
