FLASH NEWS
  • Loading...

किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३३ पटक पढिएको
किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा म्याग्दी बेनीका चन्द्र केसी समेत ११ जना घाइते भएका छन् ।

म्याग्दीको मंगला गाउपालिका, बाबियाचौर पुख्यौली घर भै हाल काठमाण्डौ बस्दै आएका निलकुमारी केसीको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । घरधनी कृष्ण केसीको तीन दिन अघि मृत्यु भै सोही घरमा किरिया बसिएको थियो । उक्त विष्फोटनमा परि आफन्तको किरयिाकर्ममा गएका चन्द्र केसीसमेत ११ जना घाईते भएका हुन । घाईतेहरुको विवरण अझै आईसकेको छैन ।