FLASH NEWS
  • Loading...

दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४७ पटक पढिएको
दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

दरबाङ–धारापानी सात किलोमिटर सडक ग्राभेल स्तरमा स्तरोन्नतीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गरेका छन ।
मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको हो ।

गण्डकी प्रदेशको पुर्वाधार विकास कार्यालयबाट स्तरोन्नति गर्न लागिएको दरबाङ- धारापानी सम्मको सात किलोमिटर सडक १४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । धुलिखेल ब्राइट कुँवर जेबी निर्माण कम्पनीले सडक स्तरोन्नतीको ठेक्का पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
सडकको दुई बर्षभित्र स्तर उन्नत गर्नेगरी ८ मिटर चौडा, ग्रेड मिलाउने, नाली बनाउने,विभिन्न ठाउँमा आरसीसी ढलान गर्ने काम गरिने पुर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्यालले बताए ।