FLASH NEWS
  • Loading...

म्याग्दीमा आजै सात जनामा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८८ पटक पढिएको
म्याग्दीमा आजै सात जनामा कोरोना संक्रमण

म्याग्दीमा शुक्रवार नेपाली सेनाका दुई सैनिक समेत थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजै उपचार गर्न गएकी मालिका गापा, ५ देविस्थानकी एक महिलालाई पोखरामा कोरोना संक्रमण देखिएको थियो ।
नेपाली सेनाको अथुङ्गे ब्यारेकमा कार्यरत ३८ बर्ष र ३६ बर्षिका दुई जना सैनिक समेत भारतबाट फर्केर बेनी स्थित माउण्ट एभरेष्ट क्वारेन्टाईनमा बसेकी बेनी नगरपालिका, २ की २८ बर्षिया महिला, उनका १० र ८ बर्षका छोरा र दुवैबाट आई म्याग्दी क्याम्पस क्वारेन्टाईनमा रहेका बेनी नगरपालिका, ९ घतानका २४ पुरुष गरी ६ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टी भएको हो ।
यस अघि पनि नेपाली सेनाको अथुङ्गे ब्यारेकमा कार्यरत दुई जना सैनिकमा लक्षण सहितको कोरोना संक्रमण देखिएको थियो । यी सैनिकमा देखिएको कोरोना संक्रमण म्याग्दीमा भेटिएका संक्रमणमध्य पहिलो लक्षण सहितको संक्रमण हो ।
शुक्रवार छुट्टै समुदाय स्तरमा मालिका गाउँपालिका, ५ देविस्थान पन्थोककी ३५ बर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । गत असोज १५ गते उपचारकालागी पोखरा स्थित एक अस्पताल पुगेकी निजी महिलाको उपचारक्रममै स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको हो ।
‘संक्रमति महिलासँगको फोन कुराकानीका आधारमा सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ’ स्वाथ्य कार्यालय म्याग्दीले प्रेस विज्ञप्ती प्रकाशित गरी भनेको छ, ‘अथुङ्गे सैनिक क्याम्पमा पनि थप कन्ट्याक ट्रेसिङ थालिएको छ । संक्रमित दुवै जना सैनिक ब्यारेक भित्र नै अघिल्ला संक्रमितको सम्पर्कमा भै क्वारेन्टाईनमा राखिएका हुन ।’