FLASH NEWS
  • Loading...

बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१८ पटक पढिएको
बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी

बेनी नगरपालिका, ९ गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गलेश्वरधाम स्थित आश्रममा पुगेर ‘जेष्ठ नागरिक आरोग्य कार्यक्रम’ संञ्चालन गरी जेष्ठ नागरिकहरुलाई शक्तिवद्र्धक एवं रोगप्रतिरोधी क्षमता बृद्धी गराउने आयुर्वेकि औषधीहरु वितरण गरेको वैद्य निरिक्षक प्रेमप्रसाद गौतमले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जेष्ठ नागरिकलई आयुर्वेदिक औषधीहरु हस्तान्त्रणगरी आरोग्य कार्यक्रमको सुभारम्भ गरेका थिए ।

आरोग्य शिविरबाट आश्रममा रहेका १२ जना पुरुषसमेत ४७ जना जेष्ठ नागरिक लाभान्वीत भएको ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माले बताए ।