- Loading...
यी हुन् नक्कली इन्स्पेक्टर, लोक सेवाकै परीक्षा गराए
- पुनहिल डट कम
- ४ साल अघि
- १३३ पटक पढिएको

लोक सेवा आयोगकै परीक्षा भनी नक्कली काम गर्ने ठगको गिरोहलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ ।
मुख्य योजनाकार बाराको जीतपुर सिमरा उपमहानगरपालिका(७ चौधरी टोलका २९ वर्षीय अजय कुमार रायसहित ६ जना पक्राउ परेका हुन् ।
अजयले आफू प्रहरी इन्सपेक्टर भन्दै कार्ड देखाउँदै प्रहरी र अन्य सरकारी जागिर खुवाउने भनी रकम असुली गरिरहेका थिए ।
त्यही क्रममा उनले वीरगन्जमा लोकसेवा आयोगको किर्ते परीक्षा सञ्चालन गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।
सरकारी पदमा जागिर लगाइदिने भन्दै पर्सा, बारा र सर्लाहीका २१ जनालाई परीक्षा हलमा राखेर नक्कली परीक्षा लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।
वीरगन्ज १६ नगवास्थित देव पार्टी प्यालेसमा बुधबार परीक्षा लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। परीक्षा हलबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै प्रश्नपत्र २६ थान र खरिदारको प्रवेशपत्र १ थान समेत बरामद गरिएको छ ।
अजय यसअघि पनि सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारागारमा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
