FLASH NEWS
- Loading...
सदरमुकामको वराहपाखाे सामुदायीक वनमा डढेलो
- पुनहिल डट कम
- १ हप्ता अघि
- १४४ पटक पढिएको

१%
सदरमुकाम बेनी स्थित डिभिजन वन कार्यालयको पछाडी रहेको बराहपाखो तथा आँपारुख ठूलो सल्लेरी सामुदायीक वनमा डढेलो लागेको छ ।
बेनी नगरपालिका, ६, ७ र ८ वडामा २७ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा डढेलो लागेको हो । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार विहिवार बेनी छेउको वनमा लागेको डढेलो सदरमुकाम बजार क्षेत्रमा छिर्न नसक्नेगरी नियन्त्रणमा छ ।
डिभिजन वन कार्यालयका अनुसार यस वर्ष जिल्लाका ३० वटा सामुदायीक वनमा एक सयबढी हेक्टर क्षेत्रफलमा वन ढडेलो लागेको छ । चराचुरुङ्गीको नयाँ गुँड बनाउने, अण्डा पार्ने र बोटविरुवामा पालुवा पलाउने सिजन भएकोले डढेलोले बढी प्रभाव परेको छ ।
१%
१%
प्रतिक्रिया दिनुहोस