- Loading...
धवलागिरी गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित
- घनश्याम खड्का
- १४ घण्टा अघि
- ४४ पटक पढिएको

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।
बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका कुल ६ सय ३१ जना बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनु पर्ने समेत विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पाएको सुनिश्चितासहित जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले एक समाराेह विच दिगोपना पालिका घोषणा गरेकी हुन ।
पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकमसहित ७ वटा वडा रहेको धवलागिरीको यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि आज पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
साे अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले
समेत वक्ताहरूले धवलागिरि गाउँपालिका म्याग्दीसहित गण्डकी प्रदेशमै पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषित भई पहिलो बनेको दावी गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
