FLASH NEWS
  • Loading...

किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार

  • पुनहिल डट कम
  • २ दिन अघि
  • ११८ पटक पढिएको
किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार

विहिवार म्याग्दी बहुमुखी क्याम्पसमा अयाेजित अन्तर माध्यामिक विद्यालय स्तरिय ‘अब म पनि बोल्छु’ विषयक वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७, धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । याे वक्तित्वकला प्रतियाेगिता जिल्लामा अायाेजित अहिलेसम्मकाे सर्वाधिक धेरै पुरस्कार राशीकाे हाे ।
अष्ट्रेलियामा नेपाली विद्धार्थी लैजान प्राविधिक परामर्श दिने कन्सल्टेन्सी स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना गरेकाे प्रतियोगितामा प्रतिस्पर्धी ६ जनालाइ पछि पार्दै सुवेदीले नगद ५० हजार जितेकी हुन । उनीहरू हरेक पालिकाबाट छनैट भै जिल्ला स्तरीय प्रतियेगितामा सहभागी भएका थिए ।
प्रतियोगिताम रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी देस्राे र अन्नपूर्ण गाउँपालिका–५, शिख माविकी रेश्मा विक तेस्राे भए । देस्राे र तेस्राे हुनेले क्रमश ३५ हजार, २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे अायाेजकले जनाएकाे छ ।
प्रतियोगिताकाे निर्णायक समितिका म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुबेदी, जेसिजका धनञ्जय श्रेष्ठ, देबीप्रसाद शर्मा, स्टुडेन्ट भाइब्सका अशोक श्रेष्ठ, सौराज तिमिल्सिना रहेका थिए । प्रतियोगिताको जिसस निमित्त प्रमुख डिलकुमारी खत्रीले उद्घाटन गरेकी थिइन ।
पालिकास्तरीय छनौटमा ४५ जना विद्यार्थीबाट बेनी नगरपालिका–७ स्थित बेनी सामुदायिक माविका अभिषेक पौडेल, धवलागिरी गाउँपालिका–७, स्थित चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी, मालिका गाउँपालिका–७, स्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ स्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, स्थित मुक्तिथाम माविकी रेजिना भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी रेश्मा विकको छनैट भएका थिए ।