- Loading...
बेनीको जोगिगाडेमा ‘रहस्यमयी’ ट्याक्टर दुर्घटना कि घट्ना, घाईतेको अवस्था गम्भीर
- पुनहिल डट कम
- २ दिन अघि
- ५७८१ पटक पढिएको

नयाँ वर्षको पहिलो दिन साँझ बेनी नगरपालिका, ६ जोगीगाडेमा भएको ‘रहस्यमयी’ ट्याक्टर दुर्घटना तीन दिनपछि सार्वजनिक भएको छ ।
बेनी नगरपालिका, ६ चुत्रेनी नजिकै जोगीगाडे भन्ने स्थानमा तातोपानीबाट बेनी आउँदै गरेको ध १ त ४१६ नम्बरको ट्याक्टरको ठक्कर (किचेर ?)बाट गम्भीर घाईते भएको सोही ठाउँकी ६१ बर्षिया डोलकुमारी बानियाँको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालको आईसियुमा उपचार भैरहेको छ । ट्याक्टर चालक पर्वत जलजलाको लामाखेतका अनिल परियार फरार छन ।
घाईतेको उपचारक्रममा मणीपाल शिक्षण अस्पताल पोखरामा रहेका छोरा प्रदिप बानियाँका अनुसार ट्याक्टर दुर्घटना (सुनियोजित घट्टा ?)मा घाईते बानियाँको निधारमा लामो घाउ र पोटमा ट्याक्टरको टायरले किचेकोले कलेजो र फियोमा रगत जमेको छ । घाईते बोल्न सक्ने भएपनि शरिरको तल्लो भाग नचल्ने अवस्थामा छ । अधिक रक्तश्रावले गर्दा घाईतेको अवस्था नाजुक छ ।
‘१ गते साँझ ६.३०–७ बजेतिर आमा खाली खाना पकाउने ग्याँस सिलिण्डर लिएर बेनी जान खोज्नु भएको रहेछ । आमाले अस्पतालमा बताउनु भए अनुसार सो दिन साँझ अरु सार्वजनिक यातायातका साधन नपाएपछि ट्याक्टर चढेर बेनी जान खोज्नु भएछ । करिव ३ सय मिटर अघि पुगेपछि एकान्त स्थलमा पुगेपछि भाडाको कुरा भएको, आफुसँग खुल्ला एक सय रुपैयाँ पैसा नभएकोले बेनी पुगेर पैसा दिने बताएपछि ट्याक्टर विग्रियो झर्नु भनी झर्न लगाएर ट्याक्टर अघीपछि गर्दै आमामाथी गुडाएछ । अनि चालक भागेको रहेछ’ घाईतेका छोरा प्रदिप बानियाँले भने, ‘आमा घाईते भै लडेको अवस्थामा बेनीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति समेत रहेका छिमेकी छवि आचार्यले भेटेपछि हामी परिवारले घट्नाको जानकारी पाएका हौ । घाईते सिकिस्त भएको र राती भैसकेकोले हामीले आमालाई तुरुन्तै पोखरा गण्डकी अस्पतालमा पुर्यायौं, गण्डकीले मणीपालमा रिफर गरेको हो ।’ बानियाँले थपे, लुटपाटकाे उदेश्यले घट्रना गराएकाे हामीलाइ शंका छ ।
दुर्घटना स्थलमा पहिलो पटक पुगेर प्रहरी, आफन्तलाई खवर गर्ने र घाईतेको उद्धारमा जुटेका छवि आचार्यका अनुसार घट्नास्थलमा घाईते बानियाँको टाउको फुटेजस्तो देखिन्थ्यो । ट्याक्टर घट्ना स्थलमा थिएन । आफु बेनीबाट घट्नास्थल पुग्दा विपरित दिसाबाट अरु दुई वटा मोटरसाईकल पनि आएका थिए । घाईतेको उद्धार गर्न गाडी रोक्न खोज्दा कसैले पनि रोक्न मानेका थिएनन । स्थानीय भएकोले घाईते चिनेपछि प्रंहरी र आफन्तलाई खवर गरेको केही वेरमा प्रहरी घट्ना स्थलमा पुगेपछि मात्र उद्धार हुन सकेको थियो ।
‘म बेनीबाट घर जाँदा वत्ति नबालेको एउटा ट्याक्टर डम्बरा छेउ बेनी तर्फ जाँदै थियो । म घट्नास्थल पुग्दा अरु दुई वटा मोटरसाईकलहरु पनि आई पुगे । हामीले प्रहरी र घाईतेका आफन्तलाई खवर गर्यौं । घाईते वोल्नु हुन्थ्यो, बेनी जान ट्याक्टरमा चढेको हो, ट्याक्टरले किचेर भाग्यो भन्नु हुन्थ्यो, जुन कुरा हामीले भिडियो रेकर्ड पनि गरेका छौं’ रास्वपा उपसभापति समेत रहेका घट्नास्थलको पहिलोदर्शी छवि आचार्यले भने, ‘बेनीमा सिसि क्यामेराबाट खोज्दा पछाडी दुई वटा खाली ग्यास सिलिण्डर रहेको उक्त ट्याक्टर बेनी छेउबाट मोडिएर माथी महारानी थान छेउमा राखेर चालक भागेका रहेछन ।’
जिल्ला प्रहरी कार्यालयले भने तातोपानीबाट बेनी आउँदै गरेको बेनी–दरवाङ सडक निर्माणमा संलग्न निर्माण ब्यवसायी निराजन खतिवडाको ट्याक्टरले पैदल यात्रा गरिरहेकी बानियाँलाई ठक्कर दिएर चालक फरार रहेको भनेको छ । तर प्रहरीले चालकको हुलिया भने खुलाएको छैन ।
‘ट्याक्टरले पैदलयात्रु महिलालाई ठक्कर दिएर फरार रहेका छन । ट्याक्टर धनी सम्पर्कमा आएका छन । चालकको खोजी र घट्ना अनुसन्धान जारी रहेको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले भने, ‘सडक निर्माणमा संलग्न ठेकदार कम्पनीको ट्याक्टर हो । नाम अहिले सम्झना भएन, पछि खवर गर्छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
