FLASH NEWS
  • Loading...

मुक्तिमार्ग माविमा १० लाखबढीको अक्षयकोष स्थापना

  • पुनहिल डट कम
  • १० घण्टा अघि
  • ३३३ पटक पढिएको
मुक्तिमार्ग माविमा १० लाखबढीको अक्षयकोष स्थापना

अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली घर भै हाल पोखरामा बसोबास गर्दै आएका ह.कुलबहादुर बरुवालले एक हजार आठ चौरासी चन्द्रमा देखेको अवसर पारेरछोरा/वुहारी शिवकुमार/ज्ञानु वरुवालले मुक्तिमार्ग माध्यामिक विद्यालयमा १० लाखबढीको अक्षय कोष स्थापना गरेका छन ।
बेल्जियमलाइ कर्मथलो बनाएका म्याग्दी नेपाली प्रवासी संघ (माेना)का संस्थापक महासचिव तथा एनअारएनए वेल्जियमका पुर्व अध्यक्ष रहेका बरुवाल दम्पत्तिले पुख्यौली थलो घार स्थित आफैले विद्यालय तहको शिक्षा आर्जन गरेको मुक्तिमार्ग माध्यामिक विद्यालयमा १० लाख ८ हजार ४ सय ८४ रुपैयाँको ‘कुलबहादुर/स्व.मनकुमारी’ अक्षय कोष घोषणा गरेका हुन । कोषको आम्दानीले मुक्तिमार्ग मावि र छिमेकी भुवानी आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृति दिईने भएको छ । विद्यार्थी संख्या बर्षेनी घट्दै गएको भुवानी आधारभुत विद्यालय कुृलबहादुर बरुवालको प्रमुख अगुवाईमा स्थापना भएको थियो ।
‘बुबाले एक हजार ८ चन्द्रमा देखेको उपलक्ष्यमा हामीले जन्मस्थल र आफैले माध्यामिक तहसम्मको शिक्षा आर्जन गरेको विद्यालयमा १० लाखबढीको अक्षय कोष राख्न लागेका छौं’ अक्षय कोषका संस्थापक शिवकुमार वरुवालले भने, ‘रकम हस्तान्त्रण भैसकेको छैन । म आफै गाउँ फर्केर रकम हस्तान्त्रण गर्छु । विद्यालयले कार्यविधी बनाई विपन्न र जेहन्दार विद्यार्थीलाई थप शिक्षा आर्जनकालागी प्रोत्साहन सहयोग गर्ने छ ।’ बरुवालले थपे, ‘तत्काल मुक्तिमार्ग मुल विद्यालय र आधार विद्यालयको रुपमा भुवानी आविलाई पनि समेटेर सहयोग दिनेगरी अक्षय कोष स्थापना गरेका हौं ।’
मान्छेको जन्मदेखी मृत्युसम्म गरिने विभिन्न संस्कार मध्य ४ पुजा पनि एक हो । मानिसको ३२ बर्षसम्म अल्पायु, ६४ बर्षसम्ममलाई मध्य आयु र १०० बर्षसम्मलाई पूर्णायु भन्ने मान्यता छ । मानिसको जीवनकालमा १००८ चन्द्रमा पार गरेपछि दीर्घजीवी चतुराशीति (चौरासी) पुजा भनिन्छ ।