FLASH NEWS
  • Loading...

चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

  • पुनहिल डट कम
  • १ दिन अघि
  • ८४ पटक पढिएको
चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन रास्टिय निकुञ्ज भित्रको एक पोस्टमा रहेका सैनिक जवान चन्द्र किशोर दास थारुलाई आफ्नै हतियारबाट बिहान ९:३९ बजेको समयमा गोली लागेको थियो । उनको उपचारको क्रममा आज दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले जानकारी दिए । तिघ्रामा गोली लागेका थारुको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको केसीले जानकारी दिए । उनका अनुसार बिहान गस्ती गरेर फर्किएका थारुले हतियार मिलाउने क्रममा असावधानी अपनाउदा तिघ्रामा गोली लागेको थियो ।