FLASH NEWS
  • Loading...

अंगरक्षक दिपक खड्कासहित दुर्गा प्रसाईं पक्राउ, भद्रपुरबाट काठमाण्डाै पुर्याइदै

  • पुनहिल डट कम
  • १ दिन अघि
  • ७८ पटक पढिएको
अंगरक्षक दिपक खड्कासहित दुर्गा प्रसाईं पक्राउ, भद्रपुरबाट काठमाण्डाै पुर्याइदै

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा प्रहरीले हिरासतमा लिएको छ।
प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएकोमा नेपाल प्रहरीले आफ्नो हिरासतमा लिएको हो।
यससँगै उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइँदै गरिएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश कुमार आचार्यले बताए। उनीसँगै प्रसाईंका अंगरक्षक दिपक खड्कालाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए। १५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।

उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । ‘उनी उत्तरप्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो । तर उनलाई नियन्त्रण लिन सहज नभएपछि त्यो टोली भैरहवा ल्याएर राखिएको थियो । अर्को टोली भने दिल्ली पुगेर वातावरणको प्रतीक्षामा थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘भारतको उत्तरपूर्वमा रहेको अर्को टोली भने आसाम वरिपरि पुगेका प्रसाईंको नजिक पुग्ने वातावरण बन्यो ।’
प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरी अधिकारीको दाबी छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ ।