- Loading...
चार दिनदेखी अन्नपूर्णको प्रथममा दुई शेर्पा वेपत्ता
- पुनहिल डट कम
- २ दिन अघि
- १९ पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङको शिरानमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणमा गएका सेभेन समिटका दुई जना शेपाहरु चार दिनदेखी वेपत्ता छन ।
अन्नपूर्ण हिमालको उत्तरी मोहडाबाट आरोहण सहयोगीको रुपमा निक्लेका सोलुखुम्बुका रिमा शेर्पा र निमाटासी शेर्पा गत सोमबार दिउँसो क्याम्प २ देखी केहीमाथी हिमपहिरोमा परी वेपत्ता भएका थिए ।
सेभेन समिट ट्रेक्सका प्रवन्ध निर्देशक थानेश्वर गुरागाईका अनुसार वेपत्ता शेर्पाहरुको प्रभु र कैलाशका दुई हेलिकोप्टर र ड्रोन समेत प्रयोगगरी खोजी कार्य भैरहेको भएपनि फेला पार्न सकिएको छैन । सेभेन समिटबाट आरोहणमा निक्लेका २ जना आरोहीलाई भने क्याम्प २ बाट हेलिकोप्टरबाट उद्धारगरी तल वेस क्याम्पमा ओरालिएको थियो ।
हिमपहिरोमा परि वेपत्ता भएका आरोहण सहयोगी शेर्पाहरुको खोजीमा जुटेका इन्द्रसिं शेरचनका अनुसार हिमपहिरोले आरोहणमा जान राखिएको भर्याई पहिरोले क्षतिग्रस्त बनाएकोले बाटो बनाउने काम पनि संग चलिरहेको छ ।
आरोहणको हिसावले सवैभन्दा कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा चिनिएको अन्नपूर्ण प्रथम हिमालमा सोमबार विहान ८–११ बजेको विचमा विभिन्न समुहका ३२ जनाले सफल आरोहण गरेका थिए ।
फान्सेली प्रर्वतारोही मौरिस हार्गोजले सन् १९५० जुन ३ मा संसारमा पहिलो पटक ८ हजार मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्दा प्रयोग गरेको उत्तरी मोहडा मार्ग नै हालसम्म अन्नपूर्ण प्रथम हिमाल आरोहणमा प्रयोग हुँदै आएको छ । उनै प्रथम अन्नपूर्ण आरोही हर्जोगले प्रयोग गरेको पदमार्गलाई सुधारसहित पूर्वाधार निर्माण, नक्साङ्कनसहित अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्गाज अन्नपूर्ण नर्थ पदमार्ग’ प्रर्वद्धन गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
