FLASH NEWS
  • Loading...

गाडी मर्मत गर्नेक्रममा किचिएर मृत्यु

  • पुनहिल डट कम
  • २ दिन अघि
  • १२७ पटक पढिएको
गाडी मर्मत गर्नेक्रममा किचिएर मृत्यु

धवलागिरी गाउँपालिका, ३ फलियागाउँकाे उत्तिसेमा सडक छेउमा पार्किङ गरेको वोलेरो जीप मर्मत गर्नेक्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ ।
धवलागिरी गाउँपालिकाको ताकम–मुना ग्रामिण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको वोलेरो जीप मर्मत गर्नेक्रममा दिउँसो अन्दाजी १२ बजे गाडी पछी सरेर किचेपछी सोही वडा, ३ मुनाका २९ बर्षिय गाडी मिस्त्री रोहित शेरपुञ्जाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
ताकमबाट मुना तर्फ जाँदै गरेको जीप बाटोमा विग्रेपछि शेरपञ्जाले जीप मर्मत पछिल्लो एउटा टायर खोली काम गर्नेक्रममा एक्कासी जीप केही पछि सर्दा किचेको थियो ।