FLASH NEWS
  • Loading...

राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार

  • पुनहिल डट कम
  • ४ दिन अघि
  • १०६ पटक पढिएको
राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल म्याग्दीकाे अध्यक्षमा विजय परियार चयन भएका छन । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन गरेकाे हो ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुवास मल्लकाे प्रमुख अातिथ्यतामा सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुवन विश्वकर्मा र सहकोषाध्यक्षमा अस्मिता रोका चयन भएका छन ।
त्यस्तै, सदस्यहरुमा सन्दिप मल्ल, गरिमा परियार, अनुपमा घर्ति, हरिकला सापकोटा, झरना विक, मार्कस विक, अभि वोहोरा र बाबुराम सुवेदी रहेका छन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापा, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, सचिवालय सदस्य टकसरा राना शुभकामना मनतब्य राखेका थिए ।