- Loading...
पुन समाज नेपालको अध्यक्षमा भीमबहादुर फगामी चयन
- पुनहिल डट कम
- ४ दिन अघि
- २९२ पटक पढिएको

पुन समाज नेपालको चौंथो महाँधिवेशनबाट अध्यक्षमा भीमबहादुर फगामी पुन चयन भएका छन ।
मंगलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ शिखमा सम्पन्न चौथो महाँधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गर्वुजा पुन (कास्की), उपाध्यक्ष तथा प्रवक्तामा खिमन शेर्पुजा पुन (कास्की), उपाध्यक्षमा राजु शेर्पुजा पुन (काठमाणडाै),डिलकुमारी पहरे पुन (चितवन) महाँसचिवमा चन्द्रप्रकाश पाईजा पुन (कास्की), सचिवमा रवि गर्वुजा पुन (म्याग्दी) र कोषाध्यक्षमा बलबहादुर तिलिजा पुन (कास्की) चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा खामबहादुर पुर्जा पुन, नन्दबहादुर गर्वुजा पुन (कास्की), पदम चोचाङ्गी पुन, चामबहादुर गर्वुजा पुन (काठमाणडाै), मनजित गवुर्जा पुन (चितवन) अाेमप्रसाद पुन (रूपन्देही), चन्द्रबहादुर तिलिजा पुन (रूपन्देही),चिनबहादुर खाेरजा पुन (नवलपुर), गीता पाइजा पुन (चितवन), रकबहादुर पहरे पुन, (नवलपुर), बागवीर पाइर्जा पुन (म्याग्दी), डिलकुमारी तिलिजा पुन (तनहुँ), नरबहादुर पुर्जा पुन (तनहुँ), मनबहादुर गवुर्जा पुन (म्याग्दी), पदमबहादुर चाेचाङ्रगी पुन (कास्की), ठकबहादुर पाइर्जा पुन (चितवन), पिनमायाँ पुन (तनहुँ), जितबहादुर पुर्जा पुन (पर्वत), खममबहादुर पुर्जा (कास्की समेत २ सदस्य मनोनित अध्यक्षले मनोनित गर्नेगरी २९ सदस्यीय केन्द्रीय समिति चयन भएको प्रवक्ता खिमन शेर्पुजा पुनले बताए । महाँधिवेशनमा काठमाण्डौ, चितवन, रुपन्देही, नवलपरासी, नवलपुर, तनहुँ, कास्की, पर्वत र म्याग्दीकागरी ९ जिल्लाबाट प्रत्यक जिल्लाबाट १५ जनाका दरले प्रतिनिधी सहभागी थिए ।
समाजका अध्यक्ष भीमबहादुर फगामी पुनले नेपाल सरकारले पुन समुदायलाई अल्पसंख्यक समुदायको रुपमा सूचिकृत गरिसकेकोले अव पुनजातिको जातिय पहिचानको मुद्धाले कानुनी मार्ग पहिल्याई सक्यो अव जातिको रुपमा अभिलेखित हुन प्रयत्नरत रहेको उल्लेख गर्दै मगरहरुले हिजोपनि कहिल्यै पुनहरुलाई कहिल्यै खाँटी मगर नभएको भनेपछि वल्न हामी आफ्नो जातिय पहिचान खोज्न निक्लेको दावी गरे ।
राष्ट्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना ०७८ अनुसार जनसंख्याको आधारमा पुन जातिलाई ६३ नंम्बरमा सूचिकृत गरेको छ । जनगणना अनुसार नेपालमा ९ हजार ८ सय २७ जना पुन जातिको जनसंख्या छ । तर मगर समुदायले भने पुनलाई छुट्टै जातिको रुपमा जनगणना गरिएको भन्दै असन्तुष्टी राख्दै आएको छ । अहिलेसम्म मगर जाति भित्रको एउटा थरको रुपमा राखिदै आएकोमा एक समुहले भने पुनलाई मगर जातिबाट हटाएर पुन छुट्टै जाति भएको जिकिर गर्दै आएका छन ।
पुन समाजको महाँधिविेशनलाई सोमबार भाषविद् माधवप्रसाद पोख्रेलले उद्घाटन गर्दै भने, ‘हरेक ब्यक्तिको जाति हुन्छ, थर हुन्छ र संस्कृति हुन्छ । लोककथा, संस्कृति आदीको आधारमा प्रमाण र तथ्य खोजेर अर्को जाति भन्दा के के भिन्नता हुन, के के समाजनाहरु हुन खोज्नु पर्छ । कुनै जातिको भाषा मृत हुन सक्छ, भाषा मृत भयो भन्दैमा जाति नै नासियो भन्न मिल्दैन तर जाति पहिचान मुद्धा भावनामा, आवेगमा खोज्न सकिन्न ।’
महाँधिवेशन उद्घाटन कार्याक्रममा बोल्ने प्रायः सवै पुन समाजका अगुवाहरुले पुनहरुको जातिय पहिचान बाईसेचौविसे राज्यकालमा कसैले खोसेर मगर जातिमा मिलाई दिएकोले आफ्नो पहिचान गुमेको दावी गर्दै लोककथा, भाषा, संस्कृति समेतका तथ्यप्रमाणहरु जुटाउँदै जातिय पहिचान खोज्ने लँडाई जारी रहेको उल्लेख गरे ।
‘हाम्रो भाषा मरेकोले लिखित आधार हामीसँग छैन तर हामीसँग संस्कृति जिउँदैछ । हामीले नगरे पनि देशभित्रका र बाहिरका भाषा, संस्कृति र जातिय पहिचानका विषयमा थुप्रै अध्ययनले हामी मगर नभै पुन जाति भएको पुष्टी भएका छन’ पुन समाजका प्रवत्ता खिमन शेर्पुजा पुनले भने, ‘पुन मगर भन्नेहरु भ्रममा हुनुहुन्छ, हामीीले सांस्कृतिक तथा लोककथा एवं अलिखित प्रमाण कुल पुजामा भनिने झाँक्रिको ओखामा मात्र नर्भ बैज्ञानिक रुपमा पनि भिन्नता रहेको दसीप्रमाण खोज्न पुन र मगरहरुको जेनेटिक भिन्नता खोज्न हामीले युकेमा डिएनए परिक्षण थालेका छौं, छिट्टै प्रमाण सार्वजनिक गर्छौ ।’
पुनहरुको कुल पुजा गर्दा झाँक्रिले भन्ने खोखना (कहानी)मा कर्पाकेलको प्रशं उठाउने गरेको विषयलाई पुन जाति र पुन मगर जाति दुवैले मौखिक वंशावलीको आधार मानेर कर्पाकेलीलाई आफ्नो पुर्खा मान्दै पुज्ने गरेका छन ।
पुनहरु र पुन मगर दुवै समुहले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडा स्थित कर्पाकेलीको थान/मन्दीर निर्माणगरी साझा पुर्खा कर्पाकेली, उनका छोराहरु रामचन र कुलचनलाई पुज्ने गरेका छन । ’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
