राजधानीमा राजावादीको अराजक प्रर्दशन, तोडफोड, आगजनी र लुटपाट
- पुनहिल डट कम
- १ हप्ता अघि
- ९२ पटक पढिएको

राजधानीमा राजावादीहरूको शुक्रवार अराजक प्रर्दशन, तोडफोड, आगजनी र लुटपाट मच्चाएका छन ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाउन तम्सेका राजावादीहरूके संरक्षणमा अराजक भीडका नेता दुर्गा प्रसाईंले सरकारी र निजी सम्पत्तिमाथि तोडफोड गरेर अराजक रुपमा प्रस्तुत भएका छन् । भीडलाई उत्तेजित बनाएर भागेका प्रसाईंले सुरूमा आफै गाडी चलाएर सुरक्षाकर्मीमाथि जाइलागेका थिए ।
राजावादीहरूके भीडले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका छन् । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुने स्थित कान्तिपुर अस्पतालमा उपचाररत छन् । उता, प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् । चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ । राजावादी समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो । अहिले त्यस क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरे । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण र तोडफोडको प्रयास गरे । मोटरसाइकल सरकारी गाडी जलाए । केहीले प्रहरी कार्यालयमा आक्रमणको प्रयास गरे ।
उता भाटभटेनी लगायतका स्थानमा ढुंगामूढा गरे । प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घर भवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरे । स्थिति अराजक बन्ने अवस्था देखिएपछि राजावादी बताउने राप्रपाका नेता कार्यकर्ताहरू सडकमा देखिएनन् ।
प्रसाईंका कार्यकर्ताले गरेको आगजनी तोडफोडप्रति को जिम्मेवार हुने भन्ने प्रश्न उठेको छ ।