- Loading...
पृथ्वीनारायण क्याम्पसमा २३ औं पटक अनेरास्ववियुको प्यानल विजयी
- पुनहिल डट कम
- २ हप्ता अघि
- ११९ पटक पढिएको

पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ ।
पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएयता भएका स्ववियु निर्वाचनमा अनेरास्ववियुले लगातार २३ औ पटक निरन्तर प्यानल विजयी बिजयी हुँदै आएको छ ।
मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अनेरास्ववियुका विष्णु पोखरेल १ हजार १ सय ६ मत ल्याएर अध्यक्ष निर्वाचित भए ।
उनले निकटतम प्रतिद्वन्द्वी नेविसंघका सुशील न्यौपानेलाई ६ सय ३ मतले पराजित गरे । न्यौपानेले ५ सय ३ प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका विराट दुवाडी ७ सय ८६ मतले विजयी भए । दुवाडीले १ हजार ४ सय १४, नेविसंघका विवेक भट्टराईले ६ सय २८, अखिल (क्रान्तिकारी)का मिराज थापा मगरले २ सय ९३, संयुक्त प्यानलका किरण खड्काले २ सय ४९, प्राज्ञिक विद्यार्थी परिषद्का अभिषेक विष्टले १ सय १८ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरूङ ६ सय ५८ मतले विजयी भइन् । उनले १ हजार ३ सय ५ मत ल्याउँदा नेविसंघकी अमिशा यादवले ६ सय ४७ मत ल्याएकी छन् । संयुक्त प्यानलका सचिन पौडेलले ३ सय ६०, अखिल (क्रान्तिकारी)की सिर्जना शर्माले २ सय ४४, प्राज्ञिक विद्यार्थी परिषद्की अम्बिका धिमालले १ सय २४ मत ल्याएका छन् ।
सदस्यमा अनेरास्ववियुकी जमुना शर्मा, प्रचण्ड शक्ति गुरुङ, अनुजराज अधिकारी, एलिशा भट्टराई, सुशील अधिकारी, विशाल लम्साल, वृषभ चालिसे, सुजन शर्मा सापकोटा निर्वाचित भए ।