- Loading...
क्षत्री समाज म्याग्दीको १६औं वार्षिक साधारणसभा सम्पन्न
- पुनहिल डट कम
- २ दिन अघि
- ८१ पटक पढिएको

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिवार समाजको भवनमा साधारणसभाको साथमा स्वागत, सम्मान र बधाई कार्यक्रम गरिएको हो । साधारण सभाकाे क्षत्री समाजका केन्द्रीय सदस्य एवं पुर्व अध्यक्ष अमृतदेवी बानियाँले एक समाराेह विच उद्घाटन गरेकी थिइन ।
साधारणसभामा समाजका अध्यक्ष लक्ष्मीकुमारी केसीले संस्थागत, सचिव हिमबहादुर भण्डारीले प्रगति र कोषाध्यक्ष यामबहादुर बानियाँले आर्थिक प्रतिवेदन अनुमाेदन गरेकाे छ । कार्यक्रमको अवसरमा क्षत्री समाजको आजीवन सदस्यता वितरण गर्नुका साथै जिल्लास्थित पत्रकार महासंघ, म्याग्दी जेसीज, सञ्चारिका समूहलगायत विभिन्न संघसंस्थामा निर्वाचित क्षत्री बन्धुहरुलाई क्षत्री पोशाक ढाका टोपी र सल ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, सचिव हिमबहादुर भण्डारीको सञ्चालन र महिला समाजका अध्यक्ष सन्जु बरुवालको स्वागतमा सम्पन्न भएको थियो । वि.सं. २०६३ सालमा स्थापना भएको क्षत्री समाज म्याग्दीले संस्थागत विकाससहित विगतमा हक, अधिकार तथा जातीय सद्भावका लागि विभिन्न आन्दोलन र क्षत्रीहरुको उत्थानमा आवश्यक सहयोग गर्दै आइरहेको जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
