FLASH NEWS
  • Loading...

म्याग्दी जिसस प्रमुख थापा एमालेबाट निलम्बित

  • पुनहिल डट कम
  • ११ घण्टा अघि
  • १२ पटक पढिएको
म्याग्दी जिसस प्रमुख थापा एमालेबाट निलम्बित

सहकारी ठगी प्रकरणमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीले निलम्बन गरेको छ ।
गत माघ २० गते थापा पक्राउ परेका थिए । उनीमाथि बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना संलग्न रहेको आरोप छ ।
उनै थापालाई मंगलबार बसेको एमालेको चौथो सचिवालय बैठकले निलम्बनको निर्णय गरेको हो । बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीका विभिन्न पदमा कार्यरत नेता–कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।
थापा म्याग्दी जिल्ला कमिटीका पूर्वउपसचिव समेत हुन् । उनी हाल प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य समेत थिए । उनलाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय एमालेले गरेको हो ।