- Loading...
म्याग्दी क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदै
- पुनहिल डट कम
- १७ घण्टा अघि
- १३० पटक पढिएको

त्रिभवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त म्याग्दी बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त सामुदायीक प्रयत्नमा संञ्चालित म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले त्रिविको तालिका अनुसार नै स्ववियु निर्वाचन गराउने सर्वसम्मत निर्णय गरेको हो । त्रिविले आफ्ना आंगिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन गराउने निर्वाचन तालिका प्रकाशित गरेको छ ।
क्याम्पस संञ्चालक समितिले स्ववियु निर्वाचन सम्पन्न गर्न सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको संयोजकत्वमा टिकाराम सापकोटा, नारायण सुवेदी, प्रेम जिसी र तिलकुमारी राना सदस्य रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
समितिले गत विहिवार (फागुन १५ गते) दिउँसो ४ बजेसम्म नयाँ भर्ना भएका विद्यार्थी र अन्तिम परिक्षामा सहभागी भैनसकेका सवै विद्यार्थी मतदाता हुने, निर्वाचन प्रयोजनकालागी अनिवार्य फोटोसहितको नयाँ परिचय पत्र जारी गरिने र मतदाता परिचय पक्र स्वयं ब्यत्तिले मात्र बुझ्न पर्ने ब्यवस्था गरेको छ ।
तोकिएको मापदण्ड अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा ८ सय २५ जना विद्यार्थी/मतदाताले विद्यार्थी नेता चयन गर्ने छन । त्रिवि स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन १९ गते भोली विद्यार्थी संगठनहरुले आ–आफ्ना विद्यार्थी संगठन दर्ता गर्ने छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
