FLASH NEWS
  • Loading...

‘तरूण दल कप’को उपाधि घतान (ए) र महिला तर्फ अन्नपुर्ण प्रथम

  • पुनहिल डट कम
  • १८ घण्टा अघि
  • ४९ पटक पढिएको
‘तरूण दल कप’को उपाधि घतान (ए) र महिला तर्फ अन्नपुर्ण प्रथम

तरुण दल म्याग्दीको आयोजनामा सम्पन्न तरुण कप प्रदेश क्षेत्र (क) भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जितेको छ ।
शुक्रबार अन्नपुर्ण गाउँपलिका–४, नारच्याङमा सम्पन्न फाइनल खेलमा भगवतीलाई २ का विरूद्ध ३ सेटले पराजित गर्दै घतान एले एक लाख एघार हजार ,ट्रफी ,मेडल ,प्रमाणपत्र सहित उपाधि उचाल्न सफल भएको हो ।

त्यस्तै अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ । अन्नपुर्णले मंगलालाई पराजित गर्दै ७७ हजार सात सय ७७ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र सहितको अन्तर पालिका स्तरीय महिला भलिबलको प्रथम तरुण कप हात पार्न सफल भएको हो ।
उपविजेता भएको भगवतीले ६६ हजार छ सय ६६ रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा महिला भलिबल तर्फ उपविजेता बनेको मंगला गाउँपालिकाले ४४ हजार चार सय ४४ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।