FLASH NEWS
  • Loading...

दानाकाे जलथलेमा भ्यान दुर्घटनामा चालक महिलाको मृत्यु

  • पुनहिल डट कम
  • ५ घण्टा अघि
  • १५२ पटक पढिएको
दानाकाे जलथलेमा भ्यान दुर्घटनामा चालक महिलाको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ३ जलथले स्थित सुकेवगरबाट सोही पालिका, ४ नारच्याङ तर्फ जाँदै गरेको बा ६ ४६४४ च नम्बरको भ्यान तल कालीगण्डकी किनारामा खस्दा चालक अन्नपूर्ण गापा, ४ घराप बस्ने ४० बर्षिया सुनदेवी (सरिता) गौचनको घट्नास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठका अनुसार दुर्घटनामा भ्यानमा सवार अन्नपूर्ण गापा ४ की नमिता चोचाङ्गे, सोही ठाउँकी विष्णु बुढाथोकी, रुपा पुन घाईते छन । घाईतेहरुको उपचारकालाागी सदरमुकाम बेनी ल्याईदै छ । घाईते मध्य चोचाङ्गी र पुनको टाउकोमा गहिरो चोट लागी गम्भीर अवस्थाका छन ।
मध्यान्न अन्दाजी १२ बजे बेनी जोमसोम सडकको जलथलेको ओरालोमा चालकले नियन्त्रण गुमाउँदा भ्यान दुर्घटनामा परेको अनुमान गरिएको छ ।