FLASH NEWS
  • Loading...

गलेश्वर शिवालयमा विहानैदेखी भक्तजनको भीड

गलेश्वर शिवालयमा विहानैदेखी भक्तजनको भीड

शिवरात्रीको अवसरमा सदरमुकाम बेनीदेखी तीन किमी उत्तरमा अवस्थित हिन्दुहरुको पबित्र तिर्थस्थल गलेश्वरधाममा भक्तजनको विहानै देखी घुईचो लागेको छ ।
बिहान ४ बजे देखिनै गलेश्वर मन्दीरमा भगवान शिवको पुजाआरधाना गर्ने र दर्शन गर्नेहरुको घुईचो लागेको छ । शिवजीको दर्शन गर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्कींबाट समेत ठुलो संख्यामा भक्तजन आउनेक्रम विहानैदेखी जारी छ ।

‘गलेश्वर शिवालय मन्दीरमा विहानैदेखी भक्तजनको भीड लागेको छ । यो वर्ष हिउँ कम परेकोले शिवरात्रीमा गलेश्वर शिवालय दर्शन गरी मुस्ताङ जान आएका तिर्थयात्रुको संख्या पनि उल्लेख्य देखिएको छ’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘साँझसम्मै भक्तजन आउनेक्रम रहने भएकोले ५० हजारबढी भक्तजनले गलेश्वर शिवालयको दर्शन गर्ने आंकलन गरिएको छ ।’
गलेश्वर महादेवको मुल अंग स्वयं उत्पन्न भएको मानिएको ज्योर्तिलिङ्ग पुजा अर्चना गर्ने क्रम परापूव काल देखिनै भएको हो । रहुगंगा र कालीगण्डकी नदीको संगमस्थलमा अवस्थित गलेश्वर शिवालयमा महाशिवरात्रीका दिन ठुलो मेला लाग्ने गर्दछ ।


गलेश्वरमा भक्तजनले पुजा अर्चना बाहेक वसाह चढाउने, रोट चढाउने, महादीप प्रज्वलन गर्ने समेतका काम गर्छन ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल ढिङ्गामाथी अवस्थित गलेश्वर शिवालय मन्दीरको छेउमा चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । बाह्रैमास पानी नसुक्ने तलाउ छ । हिउँदको खडेरीमा समेत नसुक्ने तलाउको पानी बर्खाको झरीमासमेत पुरै भरिदैन । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।