- Loading...
पुलश्रममा रावणका खुट्टा अलपत्र (हेर्नुस भिडियाे)
- पुनहिल डट कम
- ३ घण्टा अघि
- ४० पटक पढिएको

बेनी नगरपालिकिा, ५ पुलह पुलाश्रम (पछै डाँडा)मा निर्माणाधिन रावण उद्यानमा राख्न ल्याईएको पौराणीक कथा रामायणमा वर्णित असुर राजा रावणका खुट्टा अलपत्र परेका छन ।
संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको साझेदारी कार्यक्रम अर्न्तगत ७० प्रतिशत मन्त्रालय र ३० प्रतिशत खर्च बेनी नगरपालिकाले ब्यहोर्नेगरी निर्माण गर्न लागेको ‘रावण पार्क’मा ६ मिटर अग्लो मुर्क्ति राख्न ल्याईएको रावणको खुट्टा कानुनी अल्झन आएपछि अलपत्र परेका हुन ।
ऋषीहरुको तपस्या गरेको देवभूमिमा ‘असुर राजा’को मुर्ति राख्न नहुने भन्दै पर्वत पाङ्गका केदारनाथ दासले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि रावणको मुर्ति स्थापना गर्नेकाम रोकिएको छ ।
बेनी नगरपालिकाका अनुसार रावणका खुट्टा बाहेक पछै स्थित रावण पार्क क्षेक्रमा र मुर्त्तिका बाँकी कम्मर, हात र १० वटा टाउकाहरुको भाग भने ललितपुरका मुर्ति कारखानामै अलपत्र परेको छन ।
‘सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै तत्कालकालागी पार्कमा रावणको मुर्क्ति स्थापना नगर्नु’ भनी आदेश गरेकोले मुर्क्ति राख्ने बाहेकका पार्कका अन्य संरचनाको काम गरिरहेका छौं’ बेनी नगरपपालिकाका मेयर सुरत केसीले भने, ‘आगामी वैशाख ६ गते सर्वोच्च अदालतको फुलकोर्टमा रावण मुर्त्ति राख्ने नराख्ने फैसलाहुनेगरी पेशी चढेको जानकारी आएकोले प्रतिक्षामा छौं ।’
‘पर्यटन मन्त्रालयबाट साझेदारी बजेट हाल रोकिएको भएपनि हामीले पार्कमा डिपिआर अनुसारका मुर्क्तिबाहेक संरचनाहरु भने निर्माण गरिरहेको छौं’ मेयर केसीले थपे ।
रावण पार्क तथा रावणको मुर्ति राख्न लागेको पुलस्त्य पुलह क्षेत्रको हिन्दुधार्मिक विद्वान अनन्त श्री विभुषित जगदगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालय बाबा संरक्षक बनेका छन ।
उनै त्रिदण्डी स्वामि समेतका स्थानीय हिन्दु पण्डितहरुको सहकार्यमा ‘६ मिटर अग्लो रावणको मुर्ति सहित रावण पार्क’ निर्माण गुरुयोजना बनेको पुलस्त्य पुलह क्षेत्र विकास कोषले जनाएको छ ।
पौराणीक विश्वास अनुसार ब्रम्हाका मानसपुत्र पुलस्त्य ऋषीले बेनी नगरपालिकिा, ५ पुलह पुलाश्रम (पछै डाँडा)मा तपस्या गरेका थिए । ऋषी पुलस्त्यका विश्रवा भन्ने छोरा थिए, तिनै विश्रवाका कुवेर, रावण, कुम्भकर्ण र विभिषणमध्य रावणको जन्म यही पुलहश्रम रहेको पछैमा भएको गहिरो जनविश्वास छ । यही पुलाश्रममा ऋषिहरु पुलह, जडभरत र सांख्य दर्शनका महामुनी कपिलले तपस्यागरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ ।
हिन्दु धार्मिक ग्रन्थमा असुर राजा (राक्षस) को रुपमा चरितार्थ गरिएका चर्चित पात्र रावणको मुर्तिसहित बन्न लागेको संभवत नेपालको पहिलो पार्क हो । पुलाश्रममा रहेका ऋषिमुनी मन्दीर, हवन कुण्ड, रावणको नाभी गाडिएको स्थानलाई यथावत संरक्षणगरी ६ मिटर अग्लो रावण मुर्तिसहित बगैचा, विश्रामस्थल, घेरावार र जमिन संरक्षण समेतका पूर्वाधार निर्माण गर्ने योजना छ ।
रामायण पार्क निर्माण गर्न पर्यटन मन्त्रालयले २ करोड ११ लाख र वेनी नगरपालिकाले १ करोड १४ गरी कुल ३ करोड २५ लाख लागतमा ०७९ साल जेठ भित्र निर्माण सक्नेगरी ०७७ सालमा धर्म एस. कास्यप जेभी कलंकी काठमाण्डौले १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ कवोलगरी ठेक्का सम्झौता गरेको थियो । पार्क निर्माणाधिन अवस्थामा कानुनी झन्झट आईलाग्दा चार वर्षदेखी निर्माण अलपत्र परेको हो ।
‘हामीले तयार पारेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालयबाट रावण पार्क निर्माण गर्न बजेट प्राप्त भै साझmेदारी कार्यक्रम अर्न्तगत रावणको मुर्त्ति राख्ने काम बाहेकका संरचनाहरु अहिले धमाधम भैरहेको छ’ पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँले भने, ‘रावण पार्क निर्माण थालनी भएसँगै नगरपालिकाले पहुँच मार्गको स्तर उन्नत गर्ने, कालोपत्रे गर्न काम गरिरहेको छ । असम्बन्धित पात्रहरु विचमा प्रवेश गरेकोले वाधा आएको छ ।’
महाभारतका मुख्य पात्र मध्यका रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रर्वद्धन भै पुलाश्रमको महत्व झन बढ्ने ठानेका छन ।
रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यकासाथी म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसमेत जिल्लाका अधिकांश भुगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसंग दृश्यावलोकन गर्न सकिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
