FLASH NEWS
  • Loading...

प्रथम ‘तरुण कप’ उपाधि अर्मन ए विजयी

प्रथम ‘तरुण कप’ उपाधि अर्मन ए विजयी

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन ए विजयी भएको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि मंगला–२, बावियाचौरलाई १–३ सेटमा पराजितगरी कप उचालेको हो ।
प्रतियोगिताको बिजेता र उपविजेताले क्रमश नगद एक लाख ११ हजार एक ११ र द्धितीयले ६६ हजार छ सय ६६ नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल पाएको तरुण दलका जिल्ला सचिव नगेन्द्र मल्लले बताए ।
प्रतियोगितामा प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका थिए ।
यसैबीच फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिने तरूण दल म्याग्दीले जनाएको छ ।