FLASH NEWS
  • Loading...

‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रह विमोचित

  • पुनहिल डट कम
  • १ दिन अघि
  • ८७ पटक पढिएको
‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रह विमोचित

म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठद्वारा लिखित ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रहको बुधवार विमोचन गरिएको छ ।
म्याग्दी जिल्लाबाट पुर्व राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं तिथी पारेर जीवनी सङ्‌ग्रह पुनको जन्मस्थान मालिका गाउँपालिका-४, च्यूरीबोटमा विमोचन गरिएको हो ।
उक्त पुस्तकमा लेखकले अनुकरणाीय ब्यक्तित्व ठम्म्याएका ब्यक्तिहरू क्रमशः बलमान पुन समेत गोरखबहादुर थापा, जीतबहादर पुन, धनराज पहरे पुन, कुलप्रसाद छन्त्याल, शिवप्रसाद बरुवाल र भीमबहादुर घिमिरेको जीवनी समाहित छ।
त्यस्तै पुस्तकमा नन्दबहादुर मल्ल, चकबहादुर मल्ल, शेरबहादुर शेरचन, भगवानप्रसाद श्रेष्ठ, अमृतकुमार श्रेष्ठ र विमला गौचनको जीवनी समावेश रहेकाे लेखक अजयमिलन श्रेष्ठले बताए ।
विमाेचित ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रह श्रेष्ठकाे २६ अाैं कृती हाे ।