FLASH NEWS
  • Loading...

निलगिरी हिमालफेदीमा एक सातादेखी भिषण डढेलो

  • पुनहिल डट कम
  • १५ घण्टा अघि
  • ८२ पटक पढिएको
निलगिरी हिमालफेदीमा एक सातादेखी भिषण डढेलो

फाइल फाेटाे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अर्न्तगत पर्ने निलगिरी साउथ हिमालको दक्षिण–पूर्वी फेदीमा रहेको संरक्षित राष्ट्रिय वनमा भिषण डढेलो लागेको छ ।
मुस्ताङको घाँसा स्थित प्रहरी चौकीका अनुसार निलगिरी साउथ हिमालको जरोमा पर्ने म्याग्दी–मुस्ताङ सीमावर्ती जंगलमा एक हप्तादेखी निरन्तर डढेलो लागीरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्नपूर्ण गाउँपालिका संरक्षण क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार डढेलो मुस्ताङ तर्फबाट म्याग्दी तर्फ सर्दै आएको छ । केही दिनदेखी मुस्ताङमा चलेको तिब्र वेगको हावाहुरीले डढेलोलाई झन बढाएको हो ।
वस्तीदेखी धेरै टाढा हिमालमुनीको संरक्षति राष्ट्रिय वनमा वन्यजन्तु सिकारीले डढेलो लगाएको अनुमान गरिएको छ । बाक्लो हिउँले सेताम्मे छोप्नु पर्ने हिमाली चरन क्षेत्रमा माघ मै दैनिक डढेलो लाग्न थालेको छ । हिउँ र पानी नपर्दा सुख्खाबढेकोले डढेलो बढेको हो ।


‘बेनी–जोमसोम सडक खण्डको घाँसाको तथा कालीगण्डकी नदीपूर्व हिमालफेदीमा निरन्तर डढेलो छ । बाक्लो बादल जस्तो धुँवाले ढाकिएकोले आगोको लप्का भने तलबाट देखिएको छैन’ मुस्ताङको सवै भन्दा तल रहेको घाँसा प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक विनय रेग्मीले भने, ‘कुनै पानीभएको खोल्सा वा आकासको हिउँ/पानी नपरी डढेलो निरन्तर रहन सक्छ । हाम्रो क्षमताले आगो नियन्त्रण गर्न संभव छैन ।’
हिमाल मुनीका राष्ट्रिय वन तथा चरन क्षेत्रमा चोर शिकारीले चरन क्षेत्रका ठूला बुक्यानहरुमा आगो लगाउँदा वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थान समेत संकटमा परेका हुन वन डढेलो लाग्ने विभिन्न कारण मध्य मौषम प्रमुख कारण हो । लामो खडेरीले वायुमण्डलको आद्रता सुस्क हुँदा सानो आगोको झिल्कोले पनि डढेलो वा आगोलागी हुन्छ । जति सुख्खा भयो त्यति नै दोब्बर ढंगमा डढेलो फैलन्छ ।
डिभिजन वन कार्यालय म्याग्दीकाे अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।