- Loading...
धनेश्वरी–तारानाथ स्मृति पुरस्कार शर्मा र बानियाँलाइ, श्रेष्ठलाइ विशिष्ट कविकाे उपाधी
- पुनहिल डट कम
- १ महिना अघि
- १४८ पटक पढिएको

यस वर्षकाे धनेश्वरी–तारानाथ स्मृति पुरस्कार म्याग्दीका पत्रकार राकेश शर्मा र साहित्यकार कृष्ण बानियाँले पाएका छन । काेषले कार्यक्रममा बेनीका अजयमिलन श्रेष्ठलाइ एक लाख नगद धनराशीसहित विशिष्ठ कविकाे उपाधी प्रदान गरेकाे छ ।
शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो ।
बेनी नगरपालिका–५,पूलाचौरका माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले अामा धनेश्वरी र बाबा तारानाथकाे स्मृतिमा १८ लाख रुपैयाँको कोष स्थापना गरेका थिए । साेही काेषबाट हरेक वर्ष झै यस वर्षपनि काेषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको हाे ।
काेषले यस वर्ष पत्रकारिता तर्फ प्रेस युनिएनका जिल्ला अध्यक्ष तथा म्याग्दीकाली एफएमका राकेश शर्मा र साहित्य तर्फ कृष्ण बानियाँलाई दश/दश हजार, दोसल्ला, सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो । कोषले जनकल्याण माबिबाट बिस २०८० को एसइइ परिक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने गुञ्जना श्रेष्ठलाई २० हजार सहित पुरस्कृत गरेको छ । तत्कालिन समयमा प.रेग्मीको घरबाट जनकल्याण प्रावि सञ्चालन भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
