- Loading...
भलिवलमा बेनी र अन्नपूर्ण पहिलो
- पुनहिल डट कम
- १ महिना अघि
- १४१ पटक पढिएको

अाठाैं म्याग्दी महाेत्सव तथा माघे संक्रान्ति मेला ०८१ काे अवसरमा सदरमुकाम बेनीमा सम्पन्न पालिका स्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका पहिलो भएका छन ।
मंगलावर सम्पन्न पुरुष भलिवलको फाईनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधी चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२३, ३०–२८, १६–२५ र तेस्रो सेट २५–१६ सेटमा मालिका गाउँपालिकालाई दोस्रो स्थानमा सीमित गरेको थियो ।
त्यसैगरी महिला भलिवलमा अन्नपूर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई ३–१ सेटमा पराजितगरी महिला भलिवलमा पहिलो भएको छ । प्रतियोगितामा अन्नपूर्ण गापाले मंगला गापा विरुद्ध २५–२२, २२–२५, २५–२० र २५–१६ सेट जित निकालेको थियो ।
प्रतियोगितामा पहिलो हुने पुरुष भलिवल टिमले १ लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन ।
महिला भलिवल तर्फ पहिलो हुने टिमले ७१ हजार नदगरसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
