- Loading...
म्याग्दी महोत्सवलाई जनताको प्रश्नै प्रश्न
- घनश्याम खड्का
- २ महिना अघि
- १२८ पटक पढिएको

अहिले बेनीमा जारी महोत्सवले निकै ठूलो चर्चा पाएको छ । पहिला महोत्सव शब्दको व्युत्पत्ति र यसको अर्थ बुझ्नु पर्ने हुन्छ । महा+उत्सव शब्दको सन्धि भई महोत्सव शब्द निर्माण भएको हो । उत्सव मनाउनु भन्नु नै खुशीयाली मनाउनु अथवा हर्षउल्लास वातावरणमा रमाउनु भन्ने नै हो । कुनै विशेष उपलब्धि प्राप्त भएपछि विशेष अवसरमा महोत्सव गर्नु हो ।
जिल्ला वा जिल्ला अन्तरगतका महोत्सव हुने क्षेत्रमा कुनै विशेष उपलब्धि भयो भन्ने अनुभूति जनमानसमा भयो भने उपलब्धिको उपलक्ष्यमा महोत्सव गरौं भनी कार्यक्रम तय गरिन्छ । उत्सव मेला पर्वसंग ऐतिहासिकता, उपादेयता, जनताको स्वीकार्यता, मौलिकता, तीव्रता, गहनता, अर्थपूर्णता र सचेतता जोडिएको हुन्छ । यी कुनै कारण विनाको महोत्सव स्वीकार्न लगाउनु भनेको आधुनिक युगको रुढिवादको सुरुवाती विन्दुको प्रारम्भ गर्नु हो ।
महोत्सवलाई फेसनको रुपमा अत्यन्त सस्तो हुने गरी अवमुल्यन गरिनु हुंदैन भन्ने विचार जनताले प्रकट गरेका छन् । विगत वर्षहरुमा पनि म्याग्दीमा धेरै महोत्सवहरु भए । जारी आठौं महोत्सव अन्तिम अन्तिम तर्फ उन्मुख छ । महोत्सवकै क्रममा बेनी नजिक भएका दुई वटा सडक दुर्घटनाले गैहृजिम्मेवार आयोजक र सुरक्षा/नियामक अधिकारीहरु जाँडको तालमा मस्त झुलिरहेका ‘लाईभ दृश्य’ प्रशारण भैरहँदा जिम्मेवार नागरिक लाई झस्काएको छ ।
यी दुर्घटनाले म्याग्दी महोत्सवको छैठौं महोत्सवस्थलमा भेटिएका वैंशालुहरुले रोपेको पिरतीको फसल अर्न्तरजातिय युवतीको गर्भमा हुर्कदै गएपछि जघन्य हत्यामा प्रकट भएको थियो । त्यस्तै म्याग्दी महोत्सवको सातौं संस्करणमा म्याग्दी महोत्सवमा रोपिएको झगडाको विउ झाँगिएर केही महिनामै बेनीको न्यूरोडमा ग्याङ्गफाईटमा प्रकटहुँदा एक युवाले खुकुरीले रेटिएर ज्यान गुमाएका थिए । दुवै घट्नाका अपराधीले म्याग्दी नदीपारी कारागारबाट आठौं म्याग्दी महोत्सव सुनिरहेका छन । र म्याग्दी महोत्सवले ‘रक्सो धोक्ने र वैंस पोख्ने’ उत्तम थलोको रुपमा कुख्याती कमाएको छ ।
ती महोत्सवबाट केहीले त मनोरञ्जन प्राप्त गरे होलान तर, जिल्लाको लागि खासै उपलब्धि भएको देखिदैन । वास्तवमा महोत्सव के को निम्ति गरिदो रहेछ त भन्ने विषय नै अन्योल पूर्ण छ । महोत्सव गर्दा जिल्लाको पैसा कति खर्च हुन्छ भन्ने बारेमा खासै निश्चित डाटा उतार्न सकिन्न तरपनि एक महोत्सवमा ७०–८० लाखको हाराहारीमा खर्च लाग्ने देखिन्छ ।
यो खर्च गरेवापत उपलब्धि के हो त ? खर्च गर्यो–गर्यो, हातालाग्यो शून्य । जिल्लावासीलाइ कुनै मुनाफा हुंदैन भने त्यस्तो खर्चको उपादेयता के हो ? कतिपय बौद्धिक वर्गले महोत्सवमा अध्ययन अनुसन्धान गर्न लायक कुनै विषय बस्तु नभएको गुनासो गर्दछन् । आफूलाई सामाजिक भूमिकामा रहेको ठान्नेहरुले जवाफ दिन पर्ये कि महोत्सव के का निम्ति ?
भन्ने गरिएके छ,
१. कृषि, पर्यटन, उद्योग सम्बन्धमा जनतामा चेतना जागृत गर्ने ।
२. मनोरञ्जन प्रदान गर्ने ।
३. नयाँ संभावना पहिचान गराउने ।
४. जिल्लाको पहिचान विस्तार गर्ने ।
५. महोत्सवमा प्रदर्शित विभिन्न पाटा पक्षको अध्ययन अनुसन्धान हुने ।
६. मौलिक संस्कृतिको संरक्षण र संर्बद्धन गर्ने । यी कुराको लागि कुरा भने झैं यस्ता भ्रमहरु सिर्जना नगरिए जनतालाई महोत्सवमा आर्कषित गर्न फैलाइएका भ्रम मात्र हुन । त्यसे भए आजसम्म महोत्सवबाट जिल्लाले के उपलब्धी पाए ? जवाफ पर्खेका जनताको प्रश्न छ –
१. बेनीमा लागेको महोत्सव, महोत्सव नभएर मेला हो । पहिले पहिले माघेसंक्रान्ति लगायतका चाड पर्वहरुमा कुनै निश्चित दिनमा मेला लगाउने गर्दथे । त्यसैको निरन्तरता, पुनराबृति र सिको अहिलेका टाठाबाठा भनौदाहरुले गर्न लागको हो ।
२. विगतामा भएको महोत्सवबाट जिल्लालाई के फाइदा भयो ?
३. कृषि, पर्यटन उद्योग सञ्चालनमा चेतना वृद्धि भएर कहाँ के भयो ? कति ब्यवसायीक लघु उद्येग थपिए वा चलेका छन ?
४. जिल्लाको परिचय विस्तार गराउँछ भन्ने हो भने महोत्सवको कारण म्याग्दीका कुन कुन देशमा विस्तार भयो ?
५. महोत्सवबाट प्राप्त मुनाफा रकम कुन कुन सामाजिक कार्यमा लगाइयो ?
६. महोत्सवमा प्रदर्शित विभिन्न पक्षको अध्ययन अनुसन्धान कहाँ को बाट कहिले र के भयो ?
७. महोत्सव कलाकारहरुको लागि व्यवसायीक खेती र जाँडपानी धन्दा भएको जनताले महसुस गरेका छन् ।
८. जिल्लाको पैसा बाहिरिने काम भएको छ ।
९. मौलिक संस्कृति, साहित्य, कला, सीप, प्रविधिको संरक्षण र सर्बद्धन महोत्सवको माध्यमबाट भएको छ भन्नु अत्यन्तै हास्यात्पद कुरा हो । विगतमा भएका यस्ता महोत्सवमा, छाडा, नांगा, मौलिक संस्कृतिलाई धरासायी गर्ने पश्चिमा संस्कृतिलाई प्रोत्साहित गरियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
