- Loading...
प्रकाशको मन भनेकै मान्दैन अनी पल्लारे साईलाले…बेनी ढाले
- पुनहिल डट कम
- २ दिन अघि
- १४६ पटक पढिएको
माघ महिना सुरु भएको चौंथो रात, घाम अस्ताएर आकाशमा जुनतारा झलमल उदाएपछि बेनीबासी धमाधम दैलोमा ताल्चा चुड्याएर बेनी दोविल्ला तिर लाग्दैछन । घडीमा रातको ११ बजेको छ, कसैको आँखामा निदरी छैन न को कता ढलो चासो छ ।
आठौ म्याग्दी महोत्सवमा दर्शकलाई साँगितिक मज्जा दिन आएका प्रकाश दुतराजले गीत मात्र गाएनन, मध्यरातीसम्म सवैलाई छमछमी नचाउँदै नदी किनाराको सिरेटोमा समेत शरिरबाट गर्मी छुटुन्जेल वुरुक्क वुरुक्क नचाए ।
सामान्य सर्ट, पाईन्ट माथी हाफ स्वीटर पहिरिएका शरिर दुब्लो, पातलो अनि ख्याउटे भएपनि स्टेज सोमा मस्ती र मनोरन्जन दिन भने पछि नपर्ने प्रकाश दुतराजले ‘देउरालीमा धजा रिमै, मन उतै न जा, भनेकै मान्दैन….’ गीत प्रेमिल हाउभाउ र शैलीमा गीत गाउँन थालेपछि वैंशालु दर्शक त झन नचाच्ने कोही देखिएनन ।
सुगम संगितका चर्चित गायक प्रकाश दुतराजले ‘घर कता हो बैनीको, लौन मन पर्यो’, ‘लाहुर जाने रेलैमा’, ‘बैनी झ्यालैमा’, ‘तातो पछ्यौरीको’ र अन्तिममा बहुचर्चित गित ‘रिमै’ गीत गाउँदा बेनी बजारका नौ जवान युवा मात्र होईन सेतै कपाल फुलेका बृद्धहरु पनि जोसिएर हुलबाट हात ठड्याउन ब्यस्त देखिन्थे ।
माघको कठ्याङ्ग्रीतो जाडो अनि चिसो सिरेटोमा म्याग्दी र काली नदी बगरको स्टेज चढेका प्रकाश दुतराजले म्याग्दी र कालीगण्डकी बगरमा विताएको किसोरवय उमेरको स्मरण गरे । म्याग्दीको मंगला गाउँपालिका, ५ अर्मनमा जन्मेका प्रकाश दुतराजले वालापन पार नलाग्दै ०५८ सालमा अर्मनमा १४ जनाको ज्यान जानेगरी आएको पहिरोले घरवारी सवै पुरेपछि सुकम्बासी बनेको दुतराज परिवार बेनीमा विस्थापित भएको थियो । बेनीमा १० कक्षा पढ्दै ‘सिमसिम पर्यो पानी’ गीतबाट साँगेतिक क्षेत्रमा प्रवेश गरेका प्रकाश दुतराज पछिल्लो पुस्ताका चर्चित र लोकप्रिय लोकगायक हुन ।
प्रकाश दुतराज स्टेज चढ्नु अघि गायीका शान्तिरानी परियारले सोसल मिडियामा ‘भाईरल’ र ‘हिट’ भएको ‘पल्लाघरे साईलाले…ढलें, ढलें गीत गाउँदा बेनीको खुल्ला मञ्चमा उपस्थित हजारौं दर्शकहरु पनि साईलाले शान्तिसँगै धुलोमा लडे । के तरुनी के अधवैंशी न वुढौंली उमेरका दिदीवहिनी, आमा र हजुरआमा पुस्ता एकसाथ ‘पल्लारे साईलाले….पल्लारे साईलाले…। फुलमायाँ गीतबाट गाउन सुरु गरेकी परियारले रातो फुल केसैमा आदी गीत गाएकी थिईन ।
भद्रताबाट सुरु हुने यस्ता साँगेतिक कार्यक्र दिन छिप्पिंदै जाँदा रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गरिरहे । शनिवार भएर पनि होला दशहजार बढी दर्शकले खचाखच बेनी खुल्ला मञ्चको चौरमा परियारले दर्जन गीत गाउँदा ननाच्ने कोही थिएनन ।
अरु त अरु मेला एवं महोत्सव संञ्चालन अनुमति र समयसीमा नियमन गर्ने प्रहरी–प्रशासन पुरै मञ्चमा झुले । विचविचमा स्थानीय कलाकारले समेत नृत्य तथा गीत गाएर सबैलाई सांगितिक मज्जा प्रदान गराए । लोकगीत, पप, आधुनिक तथा लोकदोहोरीका राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरुले गीत गाएर संगितको नशामा तन्नेरी पुस्ता मात्र होईन, ७० काटेका बुद्धबृद्धा, बालबालिका र कोखिलामा नानी च्यापेका गृहणीहरु समेत भुले ।
बैंश विसाउने चौतारीमा भौतारिएकाहरुलाई महोत्सव गतिलो माध्यम पनि बन्यो । भीडभाडमा हिंड्दा कुईनोले युवतीको छातीमा ठोक्याउँदै हिंड्नेहरुलाई रात्रीकालिन महोत्सव सहयोगी भएको छ ।