- Loading...
म्याग्दी महोत्सव सुरु, स्थानीय उद्योगब्यवसायलाई आर्थिक, नितिगत सुरक्षा दिन सरकार प्रतिवद्ध –देउवा
- पुनहिल डट कम
- १ महिना अघि
- १६० पटक पढिएको

बेनीमा पर्यटन, कृषी तथा औधोगिक ब्यापार प्रर्वद्धन आज देखी सदरमुकाम बेनीमा अाजदेखी आठौं म्याग्दी महोत्सव सुरु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको ‘प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला, ०८१ तथा म्याग्दी महोत्सव’ को पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरवहादर देउवाले उद्घाटन गरेका छन ।
कोरना महामारीले शिथिल बनेको अर्थतन्त्र उकास्न र ब्यवासायीहरुको मनोवल उकास्न र लगानीमैत्री वातावरण तयार पार्न सरकारले नितिगत सुधार, लगानीमैत्री वातावरण तयारगरी अभिभावकीय भुमिका निर्वाहमा रहेको उल्लेख गर्दै स्थानीय उद्योगब्यवसायलाई आर्थिक, नितिगत सुरक्षा दिन र वैदेशिक लगानी भित्रउन सरकार र आफ्नो पार्टी काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे ।
‘कोरनामहामारीपछि शिथिल मनेको अर्थतन्त्रलाई गतिदिन सरकार अभिभावकीय भुमिकामा छ । अर्थतन्त्र धराशायीहुन बाट जोगाउन र लगानीमैत्री वातावरण बनाउन नितिगत सुधारमा लागेका छौं । सरकार र काँग्रेस उद्योग ब्यवसायीको ब्यवसायीक सुरक्षामा प्रतिवद्ध छ’ आईतवारदेखी बेनीमा सुरु आठौं म्याग्दी महोत्सव तथा ब्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले भने, ‘मध्यपहाडी लोकमार्गको बैकल्पिक बेनी–दरवाङ–ढोरपाटनहुँदै पूर्वरुकुम जोड्ने सडकमा थप बजेट, लामोसमयदेखी अलपत्र बेनी अस्पताल भवन निर्माण गराउन सम्बन्धीत मन्त्रालयको ध्यानाकार्षण गराउन प्रतिवद्ध छु ।’
प्रभु एयरलाईन्सको हेलिकोप्टरमा महोत्सव उद्घाटन गर्न आएका पूर्व प्रम देउवा खराव मौषमको कारण उद्घाटन कार्यक्रममा समेत संक्षिप्त सम्बोधन गरी फर्केका थिए ।
७ वर्षदेखी निर्माण अधुरो रहेको ५० शैयाको बेनी अस्पताल भवन निर्माण अलपत्र पार्ने ठेकेदार भने नेपाली काँग्रेसको केन्द्रीय निर्माण विभागका सदस्य रहेका रवि सिं प्रमुख हुन ।
उद्योग वाणिज्य संघको नेतृत्वमा आयोजना हुन लागेको महोत्सवमा एक लाख आन्तरिक तथा बाहृय पर्यटक भित्राउने लक्ष्य रहेको छ । संघले हरेक तीन–तीन वर्षमा कृषी, पर्यटन तथा ब्यापार महोत्सव गर्ने गरेको छ ।
बेनी–जोमसोम–कोरला सडक मार्ग निर्माणसँगै फेरिएको प्राचिन ‘रेशमी मार्ग’को बदलिँएको स्वरुप तथा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौताबाट कालीगण्डकी करिडोरमा लिन सकिने फाईदाबारे अवगत गराउन म्याग्दी व्यापार महोत्सव गर्न लागेको आयोजकले जनाएका छन ।
महोत्सवमा रेशमी मार्ग र साल्ट ट्रेड रुटको फेरिएको महत्वमा छलफल बाहेक विभिन्न खेलकुद प्रतियोगिता, दोहरी गित, स्थानिय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी, जिल्ला चिनाउने फोटो एवं बृत्तचित्र पर्दशनी, स्थानिय कृषी, लघु उद्यमका समाग्री स्थानिय खानीबाट निकालिएका कच्चा तामाहरु, स्लेट ढुङ्गालगाएतका सामाग्रीलाई प्रर्दशनीमा राखिएको उवासंघ म्याग्दीका उपाध्यक्ष राजेश शाक्यले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
