FLASH NEWS
- Loading...
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा युवराज रोका
- पुनहिल डट कम
- ३ घण्टा अघि
- ७५ पटक पढिएको
शनिवार वेनीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलाले युवराज रोकालाई नयाँ सभापति चयन गरेको छ ।
त्यसैगरी भेलाले उपसभापतिमा छवि आचार्य, सचिवमा राजाराम बरुवाल, उपसचिवमा कल्पना केसी, सदस्यहरुमा यादव पौडेल, सुनिता परियार, गुनमायाँ पुन, सन्तोष ढुङ्गाना र राजबहादुर केसी चयन गरेको छ ।
यस अघि दुई पटक गठन भएको रास्वपा म्याग्दीको नेतृत्व संगठन विस्तारमा अक्षम भएपछि यो तेस्रो भेला गरिएको थियो ।
जिल्ला भेलालाई सम्बोधन गर्न रास्वपाका नेता तथा संघिय संसदका सांसद मनिष झा, हरि ढकाल, विनिता कडायत समेत नेता कार्यकर्ताहरु आएका थिए ।
प्रतिक्रिया दिनुहोस