FLASH NEWS
  • Loading...

अर्धनिषेधित उपल्लो मुस्ताङका १५ हिमाल आरोहण खुल्ला

अर्धनिषेधित उपल्लो मुस्ताङका १५ हिमाल आरोहण खुल्ला

नेपाल सरकारले वाहृय पर्यटककालागी अर्धनिषेधित उपल्लो मुस्ताङमा पर्ने १५ वटा हिमालचुलीहरु पर्वतारोहणकालागी खुल्ला गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुस २२ गते नेपाल राजपत्र भाग, ५ मा सूचना प्रकाशित गरी मुस्ताङका १५ वटा हिमचुचुरा (हिमाल) समेत देशभरका ५७ वटा नयाँ हिमाल आरोहण खुल्ला गरेको हो ।
मन्त्रालयले प्रकाशित सूचना अनुसार उपल्लो मुस्ताङको नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमश्रृखला अर्न्तगतका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका सीमामा पर्ने पर्ने ज्याङ्लाटिन्पु पीक (६०६२ मी.), के क्याप रि पहिलो (६१८७ मी.), के क्याप रि दोस्रो (६०११ मी.), लोमन्थाङ गाउँपालिकामा पर्ने छुआमा पीक चौथो (६१७९ मी.), छुआमा पीक पहिलो (६३६६ मी.), छुआमा पीक दोस्रो (६३२५ मी.), छुआमा पीक तेस्रो (६२६८ मी.), चुङ्गेन चाङ्गमा (६२२९ मी.), घ्युन हिमाल दोस्रो (घ्युन हिमाल तेस्रो (६०२७ मी.), मनसयल पूर्व (६१८६ मीं), मुस्ताङ हिमाल (६१५० मी.) आरोहणकालागी नयाँ खुल्ला गरिएका हिमाल हुन ।
त्यसैगरी लोमन्थाङ गाउँपालिका, १ मा अवस्थित नेपाल–चीन सीमावर्ती दामोदरकुण्ड हिमश्रृखलामा पर्ने यारसाङ खाङ (५८९७ मी.) लुनाधार खाङ (५८०७ मी.) तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने धौलागिरी हिमश्रृखला अर्न्तगतको मुस्ताङ र डोल्पा जिल्लाको सीमावर्ती होङ्दे पश्चिम (६३३८ मी.) पनि नयाँ आरोहण खुल्ला गरिएका हिमाल हुन ।
‘सरकारले लोमन्थाङ गाउँपालिका भित्र पर्ने १४ वटा हिमालचुलीहरु आरोहण खुल्ला गरेको छ । पर्यटकहरु यी हिमाल आरोहण गर्न आए भने लोमन्थाङको पर्यटन क्षेत्र उत्साही हुने छ । हामीले के सहयोग गर्नु पर्छ तयार नै छौं’ लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी नर्वु गुरुङले भने, ‘हाम्रालागी पर्यटन प्रर्वद्धन, आर्थिक उपार्जन गर्नु एकापट्टी छ, अर्कातिर यहाँको पर्यवरण संरक्षण पनि उत्तिकै चुनौति छ । संख्यात्मक भन्दा गुणात्मक पर्यटनले पर्यवरण संरक्षणमा योगदान पुग्ने छ ।’
मुस्ताङ हिमश्रृखला जोमसोम–लोमन्थाङ–कोरला सडक खण्डमा पर्ने घमी, चराङ, लोमन्थाङ, छोसेर, नेचुङ र कोरला नाकादेखी देखी पश्चिममा अवस्थित छ । कोरला नाकादेखी नजिकै पश्चिम तर्फ देखिने सवैभन्दा अग्लो हिमाल मुस्ताङ हिमाल हो । यसको दक्षिण तर्फका चुचुरा अन्य हिमाल हुन । दामोदर हिमाल भने यी वस्तीबाट पूर्व तर्फ नेपाल–चीन सीमावर्ती क्षेत्रमा अवस्थित छ । दामोदर हिमाल निलगिरी हिमश्रृखलाको सवैभन्दा उत्तर तर्फको हिमाल हो । धौलागिरी हिमश्रृखलाको होङ्दे पश्चिम भने जोमसोम तथा कागवेनीबाट पश्चिम डोल्पा जाने बाटोमा अवस्थित छ ।
सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अर्न्तगत पर्ने चीनको स्वशासित क्षेत्र तिब्बत सीमावर्ती उपल्लो मुस्ताङका लोमन्थाङ, लोघेकरदामोदरकुण्ड गाउँपालिका र मध्य मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ३ छुसाङ र ५ साङता क्षेत्रलाई सुरक्षा संवेदनशीलताको कारण देखाएर निषेधित क्षेत्र तोकेको छ । तर सन् १९९२ देखी नेपाली बाहेक पर्यटकबाहेक अध्यागमन विभागको अनुमति र १० दिनकालागी प्रतिब्यक्ति पाँच सय अमेरिकी डलर शुल्क तिरेर विषेश अनुमति लिएर डुल्न पाउने ब्यवस्था गरेको छ ।
विषेश अनुमति लिएर छोसेरदेखी माथी प्रवेश गर्ने पर्यटकले शुल्क बाहेक अनिवार्य नेपाली गाईड लैजानु पर्ने र लोमन्थाङको पनि छोसेर/नेचुङदेखी माथी जान नपाईने ब्यवस्था छ । १० दिनभन्दा बढी वस्ने प्रर्यटकले प्रतिदिन थप ५० अमेरिकी डलर शुल्क तिर्नु पर्छ ।

पर्वतारोहणका लागि ५७ वटा हिमालचुली खुला गरेको सुचना (४६)