Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पस अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, छुटे महिला

  • पुनहिल डट कम
  • १ दिन अघि
  • २६० पटक पढिएको
म्याग्दी क्याम्पस अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, छुटे महिला

म्याग्दी बहुमुखी क्याम्पसको २३ औं क्याम्पस सभा एवं १२ अाैं अधिवेशन बाट संञ्चालक समितिको अध्यक्षमा बेनीका दिपेन्द्र श्रेष्ठ (दिपु) चयन भएका छन ।
बेनी नगरपालिका, ८ फुलवारी स्थित क्याम्स सभाहलमा सोमवार सम्पन्न ३४ औं वार्षिकोत्सव एवं २३ औं क्याम्पस सभाबाट श्रेष्ठ नेतृत्वमा १२ सदस्यीय क्याम्पस संञ्चालन कार्यकारी समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की, कोषाध्यक्षमा शेरबहादुर केसी र सदस्यहरुमा किरण सापकोटा, दुर्गाराम सुवेदी, घनश्याम खड्का, दण्डपाणी शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, विक्रम बोगटी,ठाकुर शर्मा, मनोज पौडेल तथा विनोद शर्मा चयन भएका छन । १२ जना पदेन सदस्यसहित २४ सदस्यीय क्याम्पस संञ्चालक समितिमा रहने ब्यवस्था छ ।
क्याम्पस संञ्चालक समितिमा संविधान प्रदत्त ३३ प्रतिशत महिला हुनु पर्ने अधिकार विपरित महिला सदस्य संख्या शुन्य बनाईएको भन्दै क्याम्पस सभाका महिला सभासदहरुले विरोध गरेका थिए ।
‘७२ प्रतिशत छात्राहरु अध्ययनरत क्याम्पसको १२ जना कार्यकारीणी सहित २४ सदस्यीय संञ्चालक समितिमा एक जना पनि महिला सदस्य नपर्नु दुखद मात्र हैन, संविधानको वर्खिलाप पनि हो’ क्याम्पस सभा सदस्य रहेकी जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले भनिन, ‘संविधानसंग बाझिएको क्याम्पसको नियम विनियमहरु संशोधन गरी महिला सदस्य हुने सुनिश्चित गर्नु पर्छ ।’
सामुदायीक प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा हाल ब्यवस्थापन तर्फ स्नाकोत्तर तहका एमविएस (मास्टर अफ विजनेस स्टडिज) र शिक्षाशास्त्र तर्फ एम.एड र स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधी शिक्षा (विआईसिटिइ) विषयमा अध्यापन गराउँदै आएको छ । क्याम्पसले छुट्टै कक्षा ११ र १२ तह पनि संञ्चालन गरेको छ ।
क्याम्पस प्रमुख श्रीधर सुवेदीका अनुसार जिल्लामै गुणस्तरीय उच्च शिक्षा प्राप्त भएपनि क्याम्पसमा बर्षेनी विद्यार्थी संख्या भने कम हुँदै गएको छ । जिल्लाको अग्रेणी र एक मात्र उच्च शिक्षा दिने शैक्षिक संस्था म्याग्दी क्याम्पसमा हाल स्नातक तथा स्नाकोत्तरतहमा गरी ८ सय ९७ जना विद्यार्थी अध्ययनरत छन । अधययनरत विद्यार्थी मध्य ७० प्रतिशत भने छात्रा हुन । क्याम्पसबाट शैक्षिक नतिजा प्राप्तीमा ३६.६ प्रतिशत उत्तिर्ण दर रहेको क्याम्पसले दावी गरेको छ ।
क्याम्पसका अनुसार स्नातक तर्फ २८ दशमलव १३ प्रतिशत, सेमिष्टर विआइसिटी तर्फ ३८ दशमलव ४६ प्रतिशत, सेमिष्टर एमविएस तर्फ ४३ दशमलव ५५ प्रतिशत र समग्रमा २९ दशमलव ६५ प्रतिशत उत्तिर्ण प्रतिशत रहेको छ । क्याम्पसले अध्ययनरत स्नातक तथा स्नाकोत्तर तहमा पनि विद्याथीर्को कक्षा छोड्ने (ड्रप आउट) गरी विदेश पलायन हुने समस्या झेल्दै आएको छ ।