- Loading...
भन्सार कार्यालय नहुँदा दैनिक भन्सार गुमाउँदै कोरला नाका
- घनश्याम खड्का
- १ महिना अघि
- १६८ पटक पढिएको

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका, १ स्थित नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकामा भन्सार स्थापना र संञ्चालन नहुँदा राज्यले दैनिक हजारौं राजश्व गुमाउँदै आएको छ ।
औपचारिक रुपमा एक बर्ष अघिदेखी खुल्ला गरिएको मुस्ताङको कोरला नाकामा नेपाली भन्सार कार्यालय र भन्सार संकलन प्रणाली स्थापना नभएकोले दैनिक चीनबाट ब्यापारीले कोरला नाकाहुँदै भन्सार प्रज्ञापन पत्र विलविजक विनाका करोडौंका सामान नेपाल ल्याउने गरेका छन ।
हालै जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोलीले जोमसोममा एउटा मालवाहक ट्रकबाट ल्याउँदै गरेको भन्सार प्रज्ञापन पत्र विलविजक विनाका ६ करोडबढी मुल्यका अवैध सामान बरामद भएसँगै कोरला नाकाबाट निर्वाध सामानहरुको अवैध ओसार–पसार भैरहेको पुष्टी भएको हो ।
‘कोरला नाकामा नेपाली भन्सार कार्यालय र कर्मचारी शुन्य छ । भन्सार कार्यालयको सिस्टम कोरला नाका नपुर्याई अवैध सामान आउनेक्रम रोकिने संभावना कम छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘कोरला नाकाको भन्सार समस्या बारे मैले गृह, अर्थ मन्त्रालयदेखी राजश्व विभागसमेत सरोकारवाला निकायमा बारम्बार जानकारी गराएको छु । ब्यापारीले राजश्व तिर्छु भन्दा पनि राजश्व वुझ्ने निकाय नै नहुँदा समस्या भएको हो । नाका खोलेपछि सामाग्री त आउँछन, हामी छिटो अपडेट हुन आवश्यक छ ।’
कोरला नाकामै रहनु पर्ने भन्सार कार्यालय नाकादेखी १९ किलोमिटर तल नेचुङ स्थित शसस्त्र प्रहरीको विओपी कार्यालय भित्र भन्सार कार्यालयको बोर्ड राखिएको भएपनि सिमित कर्मचारी भने सदरमुकाम जोमसोममै बस्छन । नेचुङको भन्सार कार्यालय एक जना स्थानीय कुरुवाको भरमा छोडिएको छ जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
नेपालका संघिय सरकारका गृहमन्त्री रमेश लेखकले गत कात्तिक १४ गते कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गरेका थिए । अध्यागमन कार्यालयले कोरला नाकाबाट हुने ब्यक्तिहरुको नियमन मात्र गर्ने भएकोले सामाग्रीहरुको क्वारेन्टाईन, विलविजक काट्ने निकाय भन्सार कार्यालय, प्रणाली र दक्ष कर्मचारी नहुँदा राजश्व गुम्दै आएको छ ।
मुस्ताङ प्रहरीले गत शुक्रवार लु १ ख ६९९९ नम्बरप्लेटको ट्रकमा ल्याएको ठूलो परिणामको विधुतिय चुरोट (भेप)सहित ६ करोड ८० लाख बढी मुल्य वरावरका अवैध सामाग्री जोमसोबाट जफत गरेपछि तस्करहरुले कोरला नाकामा नेपाली भन्सार कर्मचारीको शुन्य उपस्थितीको भरपुर लाभ उठाई रहेका खुलेको हो । अहिले लोमन्थाङ स्थित भन्सार कार्यालय बन्द छ । कोरला नाकाबाट निर्वाध सामान ओसारपसार भैरहेको छ ।
मुस्ताङका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सागर पौडेलका अनुसार कोरलानाकाबाट जोमसोमहुँदै बेनी–पोखरा तर्फ लैजान लागिएको भन्सार प्रज्ञापन पत्र तथा विल विजकका १९ हजार थान विधुतिय चुरोट (भेप), लत्ताकपडा, पेय पदार्थ, किराना सामाग्री समेत १८ प्रकारका सामाग्री बरामद भएको हो ।
मुस्ताङ प्रहरीले अवैध सामान ढुवानी गराउन प्रयोग गरिएको ट्रकसहित चालक तनहुँ म्यादे गाउँपालिका, ५ का ३६ बर्षिय विष्णु थापा, लोमन्थाङ गापा, ३ फुवाका टसी आङ्ग्या गुरुङ, ट्रकधनी लोमन्थाङका ध्याचो गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिकालागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाईएको जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएका अवैध वस्तूहरुमा लेमन लाईन आइस भेप १ हजार ९ सय थान (९५ ठुलो कार्टुन), चिनियाँ ब्राण्डी, टिस्यु, चाइनिज बख्खु टोपीसमेतका कपडा, जुत्ता, मिठाइ, कफी, विस्कुट, विफ, हृवस्की, ध्यू ३३ प्रकारका सामान रहेका छन ।
गृहमन्त्री रमेश लेखक गत कात्तिक १४ गते विहान हेलिकोप्टरमा कोरला नाका पुगेर त्यहाँ बनेको नेपाली अध्यागमन कार्यालय उद्घाटन गरेका थिए । अहिले कोरला अध्यागमन कार्यालयमा एक कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्र रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । समुद्र सतहदेखी ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित सिल वोर्डर कोरोला नाका ०८० कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको मुस्ताङका तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाकाको औपचारिक उद्घाटन गरेका थिए ।
कोरला स्थित अध्यागमन कार्यालय मात्र होईन नाकादेखी १२ किलोमिटर तल नेचुङमा शसस्त्र प्रहरीको विओपीसँगै रहेको भन्सार कार्यालय पनि अहिले बन्द छ । कोरला नाकास्थित नेपाली अध्यागमन/भन्सार कार्यालय बन्द गरिएपनि चिनियाँ अध्यागमन कार्यालय खुल्ला रहेकोले नेपाली ब्यापारी सीमापार तिब्बत पुगेर दैनिक उपभोग्य र केही ब्यापारकालागी सामान ल्याउने गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
