Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सोमबार र मंगलवार वर्षा र हिमपातको पूर्वानुमान

  • पुनहिल डट कम
  • २ दिन अघि
  • १५९ पटक पढिएको
सोमबार र मंगलवार वर्षा र हिमपातको पूर्वानुमान

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली सुरू भएके छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।
‘भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,’ उनले भने, ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।