FLASH NEWS
- Loading...
शुक्रबारदेखि शनिवारसम्ममा पुसे झरीको सम्भावना, जाडो बढ्ने
- पुनहिल डट कम
- ५ दिन अघि
- ९८ पटक पढिएको
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् सन्दीप अधिकारीका अनुसार पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
शुक्रवार सुदुरपश्चिम र कर्णाली तथा शनिवार देशभरका पहाडी क्षेत्रमा हल्कादेखी मध्यम हिमपात तथा वर्षा हुन सक्ने पुर्वानुमान छ ।
“आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ”, उनले भिडिये वुलेटिन जारी गर्दै भने, “शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ ।”
प्रतिक्रिया दिनुहोस