FLASH NEWS
  • Loading...

साेमबार रातीदेखी हिउँदे वर्षाकाे संभावना, गण्डकीमा सामान्य प्रभाव पर्ने

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • २५ पटक पढिएको
साेमबार रातीदेखी हिउँदे वर्षाकाे संभावना, गण्डकीमा सामान्य प्रभाव पर्ने

यो वर्षको हिउँदको वर्षा आउँदो सोमबार रातीदेखी मंगलबार हुने सम्भावना छ । सोमबार राति र मंगलबार देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ ।भूभागमा सोमबार दिउँसोदेखि बदली (आकाशमा बादल) हुने महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । “साेमबार दिउँसोदेखि नै बादल र सोमबार राति र मंगलबार वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ,” उनले भनिन् ।
तर यस पटककाे हिउँदे वर्षा गराउने वादलमा जलवाष्पकाे मात्रा कम र सुख्खाचिसाे बढी देखिएकाेले गण्डकी पश्चिमका प्रदेशमा राम्राे, गण्डकी प्रदेशमा छिटफुट मात्र पानी पर्न सक्छ, सवै क्षेत्रमा पनी नपर्ने देखिएकाे छ ।

बदली, वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन् । “घाम लाग्दैन, चिसो बढ्छ,” उनले भनिन् ।