FLASH NEWS
  • Loading...

औचित्य पुष्टी नहुँदा म्याग्दी महोत्सव विवादमा

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १२४ पटक पढिएको
औचित्य पुष्टी नहुँदा म्याग्दी महोत्सव विवादमा

स्थानीय ब्यापारीको विरोधका विच अगामी पुस २८ देखी माघ ८ गतेसम्म सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव हुने भएको छ ।
संघले आयोजना गरेका यस अघिका ७ वटा महोत्सवले जिल्लाको पर्यटन, कृषी, उद्योग कुन क्षेत्रमा योगदान पुग्यो भन्ने कुनै तथ्य प्रमाणित नहुँदा आसन्न महोत्सवको औचित्यमाथी प्रश्न उठेको हो ।
महोत्सवको स्थानीय फेन्सी, भाँडा ब्यवसायीहरुले विरोध गरेका छन । उनीहरुले १० दिनसम्म लाग्ने यस्तो महोत्सवको कारण ब्यापार घट्ने, हिंसात्मक घट्नाहरु बढ्ने, आजसम्म गरिएका सात वटा महोत्सवहरुले औचित्य पुष्टी नभएको, राती अवेरसम्म उत्ताउलो ब्यवहार हुने गरेको भन्दै विरोध गरिरहेका छन ।
‘म्याग्दी महोत्सवको औचित्य पुष्टी भएको छैन । वरु महोत्सवमा भएको विवादले कुनै वर्ष युवाको त कुनै वर्ष युवतीले ज्यान गुमाउने गरेका प्रमाणित घट्ना छन । उल्टो महोत्सवले बजारका पसलहरुको ब्यापार ठप्प हुने भएकोले पनि महोत्सव आवश्यक छैन’ बेनी बजारको न्यूरोड स्थित फेन्सी पसल संञ्चालक देवीप्रसाद शर्माले भने, ‘देशभर कहीं पनि महोत्सव राती हुँदैन, यहाँ रात्रीकालिन महोत्सवले साँस्कृतिक विचलन ल्याएको छ ।’
प्राचिन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख ब्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक प्रर्यटन बढाउन भन्दै म्याग्दी उद्योग वाणिज्य संघले ‘प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला, ०८१ तथा म्याग्दी महोत्सव’ आयोजना गरेको दावी गरेको छ ।
‘सिमित ब्यापारमा महोत्सवको वेला ब्यापार खुम्चिन सक्छ तर समग्रमा महोत्सवको आफ्नै ब्यापारिक महत्व छ’ म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘साना, लघु, मझौला उद्योग, जडिबुटीमा आधारित उद्योग ब्यवसाय, शिक्षा, कलासंस्कृति र पर्यटनमा भित्राउन र पर्वद्धन गर्न महोत्सव आयोजना गरिएको हो ।’