- Loading...
मुस्ताङबाट निर्खियो स्याउ, ८२ करोड रुपैयाँको स्याउ निर्यात
- पुनहिल डट कम
- २ हप्ता अघि
- ६५ पटक पढिएको
![IMG20241024084816 मुस्ताङबाट निर्खियो स्याउ, ८२ करोड रुपैयाँको स्याउ निर्यात](https://www.punhill.com/wp-content/uploads/2024/12/IMG20241024084816.jpg)
मुस्ताङ जिल्लाका कृषकहरुले यस वर्ष स्याउ विक्रि गरी ९२ करोडबढी रुपैयाँ आम्दानी गरेका छन ।
कृषी ज्ञान केन्द्र मुस्ताङको अभिलेख अनुसार यस वर्ष मुस्ताङका कृषकले वर्ष स्याउ विक्रिगरी ९२ करोड रुपैयाँ आम्दानी गरे । जसमध्य ८२ करोड मुल्य बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाण्डौ समेत बाहिर जिल्लामा निकासी भएको हो । बाँकी १० करोड मुल्य बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकलाई विक्रि गरिएको हो ।
कृषी ज्ञान केन्द्र मुस्ताङका प्रमुख समेत रहेका बरिष्ठ कृषी प्रसार अधिकृत राजेश गुरुङका अनुसार यस वर्ष ६ सय हेक्टर उत्पादनशिल क्षेत्रफलमा लगाएको स्याउको बोटमा ७ हजार ३ सय २९ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
स्याउ जोन मुस्ताङका अनुसार हाइडेन्सीटी हाईव्रिट स्याउको वारीमै प्रति केजी २ सय रुपैयाँ र अन्य स्याउको वारीमा प्रति केजी १ सय ६० रुपैयाँ मुल्यमा विक्रि भएको हो । मुस्ताङगमा गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत स्याउ उत्पादन बृद्धी भएको थियो ।
‘हामीले कृषकहरुबाट लिएको विवरणमा आधारित तथ्याङ्क अनुसार यस वर्ष मुस्ताङबाट एक अर्व रुपैयाँ हाराहारीमा स्याउ विक्रि भएको छ’ कृषी ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले भने, ‘उच्चघनत्व र अन्य स्याउको मात्रात्मक विवरण टेवुलमा छैन । तर स्याउ उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतसम्म बृद्धी भएको छ ।’
छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सीटी रहेको हाईव्रिड) जातको स्याउ खेती विस्तारा भएको, रोगब्याधी ब्यवस्थापन भएको र अनुकुल मौषमको कारण गर्त यस वर्ष स्याउ उत्पादन बृद्धी भएको कृषी ज्ञान केन्द्रले दावी गरेको छ ।
मुस्ताङका बगानबाट मंसिर दोस्रो सातादेखी स्याउ निख्रिएको कृषकहरुले बताएका छन । अधिकांश स्याउ बगानबाट कात्तिक पहिलो साता भित्रै स्याउ सकिएकोमा कुनै कुनै बगानबाट अन्तिम खेप मंसिर दोस्रो सातासम्म स्याउ बजार पठाएपछि बगान निख्रिएको हो ।
मुस्ताङका कृषकले स्याउ टिप्ने निर्णय गरेसँगै ब्यापारीहरु हात–हातमा पैसा बोकेर कृषकको बगैचामा पुगेका छन । मुस्ताङमा ब्यापारीले कृषकको बगैचामा पुगेर स्याउ फलेको हेरेर अनुमानको भरमा बगान नै ठेक्का लिने चलन छ । कृषकका स्याउ बगान नै ब्यापारीले वोलकवुलबाट ठेक्का बढाबढगरी खरिद विक्रि हुने गरेकोले कृषकको बारीमै स्याउको मुल्यमा एकरुपता छैन । बजारले मुल्य निर्धारण गर्न खुल्ला राखिएकोले भुगोल, गुणस्तर र समय अनुसार स्याउको मुल्य फरक पर्ने हुन्छ ।
स्याउ खेती भएकोमध्य ६० रोपनी क्षेत्रफल उच्च घनत्वमा आधारित ५ जातका स्याउको खेती भैरहेको छ । मुस्ताङमा १२ दशमलव ५ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको स्याउ जोन मुस्ताङले जनाएको छ ।
मार्फाको सरकारी स्याउ बगानमा बार्षिक ३० मे.टन स्याउ उत्पादन हुन्छ । केन्द्रको बगानमा उत्पादित स्याउको दाना बाहेक मदिरा पनि उत्पादन गरी विक्रि गर्छ । केन्द्रका अनुसार बागवानी केन्द्रले स्याउको ब्राण्डी २ हजार लिटर, साईडर ३ सय लिटर र आरुवखडाको वाईन ४ सय लिटर उत्पादन गर्दै आएको छ ।
मुस्ताङ्गको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ्ग, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ्ग, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदी गाउँमा स्याउको राम्रो खेती गरिन्छ । मुस्ताङको घरपझोङ, वारागुङमुक्ति क्षेत्रमा स्याउ पकेट क्षेत्र हुन ।
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी
![ओ ! सुनगाभा](https://www.punhill.com/wp-content/uploads/DSC01714-500x350.jpg)