- Loading...
पत्रकार महासंघ गण्डकीमा ७ पदाधिकारीमा १६ र १४ सदस्यका लागि १९ जनाको उम्मेदवारी
- पुनहिल डट कम
- २ महिना अघि
- ९७ पटक पढिएको

यही मंसिर २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको गण्डकी प्रदेश समितिको निर्वाचनका लागि केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ ।
प्रेस युनियन र प्रेस चौतारीको समीकरण अनुसार गण्डकी महासंघको अध्यक्ष पदमा युनियनका रमेश पौडेल र प्रेस सेन्टर प्यानलबाट गोबिन्द सुवेदीले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी उपाध्यक्ष खुलातर्फ भने घनश्याम पाण्डे, प्रकाश पौडेल र यदुनाथ बन्जारा गरी ३ जनाको उम्मेदवारी परेको छ । पौडेल युनियन र चौतारी टिमबाट उम्मेदवार बनेका हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारको उम्मेदवारी परेको छ । सचिव खुल्लातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भएको छ ।
यसैगरी कोषाध्यक्षतर्फ अग्नीधर लुइटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै खुला सदस्यतर्फ श्रीकृष्ण सिंग्देल, गणेश पहारी, छबिलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुबेदी, बिजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन गरेका छन भने सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपाली उम्मेदवार बनेका छन् । सदस्य (आदिवासी जनजाती) तर्फ तिलप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मन्जुल शाक्य, सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
