- Loading...
पुस २८ गतेदेखि आठौँ म्याग्दी महोत्सव हुने
- पुनहिल डट कम
- २ महिना अघि
- १२१ पटक पढिएको

आगामी पुस २८ देखि माघ ८ गतेसम्म आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव गर्न लागेकाे हाे । महोत्सव प्रभावकारी संञ्चालन गर्न विभिन्न ३७ उपसमिति गठन भएके मूल आयोजक उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलन गरी जानकारी दिएको हाे ।
सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा १० करोड बराबरको कारोबार हुने र रु एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ ।
महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रर्दशनी गरिने अायाेजकले बताएका छन ।
महोत्सवका अवसरमा एक लाख ५१ हजार नगद पुरस्कार राशीकाे अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई रु एक लाख एक सय नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हितकोषमा १० लाख, विपद् राहत कोषमा पाँच लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
