- Loading...
३३ औं अर्न्तराष्ट्रिय अपाङ्गता दिवस ः अपाङ्गता असल अभ्यासमा अन्नपूर्ण गाउँपालिका अगाडी
- पुनहिल डट कम
- २ महिना अघि
- २०४ पटक पढिएको

‘समावेशी तथा दिगो भविश्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित मंगलवार ३३ औं अर्न्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ ।
त्यसैविच अन्नपूर्ण गाउँपालिका म्याग्दीको आर्थिक सहयोगमा अन्नपूर्ण अपाङ्गता संञ्जालले मंगलवार पोखरेबगरमा ३३ औं अर्न्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । दिवसको अवसर पारेर संञ्जालले पालिकामा अपाङ्गतामैत्री पत्रकारिता गरेवापत अन्नपूर्ण गापा, ६ का घनश्याम खड्का र वडा ५ का सुरेन गुरुङ, अपाङ्गता प्रेरक ब्यक्ति अन्नपूर्ण, ३ काप्रेका शिक्षक सुजन बुढाथोकी र अपाङ्गता मैत्री अभिभावक ३० बर्षदेखी ओछ्यानमा थला परिरहेका नन्दहरुको स्याहर गर्दै आएकी अन्नपूर्ण गापा, ४ पटारकी गौमायाँ विकलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको छ ।
३३ औं अर्न्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रम विच गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेलले उनीहरुलाई सम्मान गरेका थिए ।
त्यसैविच संञ्जालले अन्नपुर्णा गापाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका १२ जना विद्यार्थीलाइ शैक्षिक सामाग्री र ५ जना अपाङ्गता भएका ब्यक्तिहरूलाइ हेयरिङ, सेताे छडी समेतका सहायता सामाग्री पनि वितरण गरेकाे थियाे ।
सो अवसरमा गाउँपालिका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दीवाकुमारी तिलिजाले अन्नपूर्ण गाउँपालिका भित्रका सवै वर्गका अपाङ्गता परिचय पत्रबाहकहरुलाई कुनै पनि शिफारिस गर्दा शुल्क नलाग्ने, अपाङ्गहरुलाई श्वास्थ्य विमा गरिदिने, अपाङ्गा भएका ब्यक्तिहरुलाई आयआर्जनमा जोडन अपाङ्गता विउ कोषको रकममा थप गरिदिने र प्रयाप्त बजेट ब्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।
अन्नपूर्ण गाउँपालिकाले बजेट विनियोजन, अपाङ्गता क्षेक्रमा कार्यत्रम निर्माण, अपाङ्गता झएका ब्यक्ति तथा कार्यत्रमलाई सम्मानपूर्वक सम्बोधन, अपाङ्गता भएकाहरुको आयोजना गर्ने कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षसमेत जनप्रतिनिधीको सकृय र चासोपूर्वक सहभागीता र पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सकृय बनाउन प्रेरित गरिरहेको भन्दै अन्नपूर्ण अपाङ्गता संञ्जालले ‘अपाङ्गता असल अभ्यास गरिरहेको पालिका’ भनी कदर गरेको छ ।
‘म म्याग्दी जिल्लाभरका पालिका र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगें तर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जस्तो अपाङ्गता क्षेत्रलाई आदरपूर्वक सम्बोधन गरेको कमै भेटें’ अपाङ्ग संघ म्याग्दीका विशाल विकले भने, ‘ हामी अपाङगता भएका ब्यक्तिहरुले अन्नपूर्ण गापालाई ‘अपाङ्गता असल अभ्यास गरिरहेको पालिका’ को रुपमा अन्यपालिकामा पनि परिचय गराउने गरेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
